October 29, 2015
October 27, 2015
October 21, 2015
भेटघाट र शुभकामना ।
नेपालको संसदीय ईतिहासमा पहिलो महिला सभामुख ओनसरी घर्तीलाई उहाँको कार्यकक्ष सिंहदरबारमा शुभकामना दिदाको क्षण ।

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ का जनप्रतिनिधि हुँदै दोस्रो पटक मन्त्री बन्नुभएको बन तथा भु संरक्षण मन्त्री अग्नी सापकोटासंग उहाँकै कार्यकक्षमा शुभकामना दिएपछिको क्षण ।
@ श्रीधर न्यौपाने ।
October 16, 2015
October 12, 2015
कसरी दशैं मनाउ सरकार ?
सुने सिंहदरबारमा नयाँ सरकार आयो रे
सुने पात्रोले नयाँ दशैं ल्यायो रे
तर यसपाली सिन्धुपाल्चोक, गोरखा र अरु थुप्रै जिल्लाहरुमा
भुईचालोको भग्नाबशेषहरुबाट गन्ध हराएको छैन
पीडै पीडाले डामीएका मनहरु, झन झन पीडामा जिईरहेछन
महिनौ देखिको राहतको आशा झन झन खिईरहेछन
अनि, म कसरी दशै मनाउँ सरकार ?
मुस्कीलले दिईएको पन्ध्र हजारले भित्तो ठडिएको छैन
आफन्त र छिमेकी गुमाएको पीडाले आँसु अडिएको छैन
अनि, म कसरी दशै मनाउँ सरकार ?
ओत लाग्ने भित्तो भए त्यहिँ मुन्टो जोत्ने थिएँ
सरकारको जय गाउँदै त्यहि भित्तो पोत्ने थिएँ
तर, यो दशैंमा न त पोत्ने भित्तो छ,
छाप्रो र मन दुबै रित्तो रित्तो रित्तो छ
अनि, म कसरी दशैं मनाउँ सरकार ?
सुने सिंहदरबारमा नयाँ सरकार बन्यो रे
तिम्रो उपस्थितिले आँखा ओभाउने थिए कि ?
छटपटिएका मन थामीन सघाउने थिए कि ?
भन, म कसरी दशै मनाउँ सरकार ?
श्रीधर न्यौपाने
सिन्धुपाल्चोक
@ श्रीधर न्यौपाने
October 5, 2015
नेपाल । मेरो नेपाल । प्यारो नेपाल ।
पुरानो नक्सा अनुसारको मध्य पश्चिम । नयाँ नक्सा अनुसारको ६ नंबरको प्रदेशका केही जिल्ला घुमिरहेको छु । जति घुम्यो उती सुन्दर र मनमोहक । मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ मेरो देश ।
![]() |
| Shreedhar Neupane |
जन्म दिने आमा भगवान भए आमाको काख स्वर्ग हो । टेकेको धर्ती स्वर्ग हो ।
मेरो स्वर्ग मेरो देश नेपाल । पुरानो नक्सा अनुसारका ५७ वटा जिल्लाका सदरमुकाम पुगीएछ, अब १८ वटा बाँकि छ । देश पुरै घुम्ने रहर पनि नजिक नजिक छ । जति घुम्यो उती आशावादी हुन्छु म । मेरो देश मेरा देशका नागरिकहरु । नेपालीहरु ।
स्वाभीमानी, मेहनती, उर्जाशील । अलीकति दह्रो व्यवस्था भए हामी सुनको कचौरा लिएर माग्न बसेजस्तो, नतिखारिएको पेन्सील समातेर बसेजस्तो मात्रै हुने थिएनौ होला । हामी कयौं माथि हुने थियौं होला । तर दिन आउने छ । म त आशावादी छु । गर्ने हामीेले नै हो ।
![]() | ||||
|
![]() |
| बाँकेको सिक्टा आयोजना । राप्ती थुनेर बनेको छ । |
![]() |
| सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर |
![]() |
| सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर |
![]() |
| सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर |
![]() |
| सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर |
नगर्नेलाई गाली । गर्नेलाई ताली । नेपाल नेपाल नेपाल ।
@ श्रीधर न्यौपाने ।
October 2, 2015
September 28, 2015
नाका बन्दी अनि मुख बन्दी ।
![]() |
| shreedhar |
चर्पीको प्यान देखि मोटर गाडि भ्यान सम्म
चर्पीको प्यान पनि मोटर गाडि भ्यान पनि
फिलिम, च्यानल, भट्टितेल राती पिउने क्यान पनि
नुन पनि त्यहि बाट सुन पनि त्यहि बाट, अझ लसुन पनि त्यहिबाट
प्याज पनि त्यहि बाट राजनीतिक व्याज पनि त्यहिबाट
अनि हेप्दैन त
लुगा सीउने सियो देखि बत्ती बाल्ने दियो सम्म
गाडिमा हाल्ले तेल देखि राजनीतिको खेल सम्म
अनि गर्दैन त नाका बन्दी
अनी हुँदैन त मुख बन्दी ??
@ श्रीधर न्यौपाने ।
September 16, 2015
संविधानसभाबाट नेपालको संविधान बनेको छ । धेरै असन्तुष्टि भएपनि मुल चित्त बुझेको छ ।
बधाई बधाई बधाई । हामी सबैलाई बधाई । जनताका प्रतिनिधिले जनताका लागि संविधान बनाउने सपना पुरा भएको छ । अब जारी गर्ने औपचारिककता मात्रै बाँकि हो ।
बधाई सहिद र सहिद परिवाहरु, बधाई बेपत्ता र घाईते परिवारहरु, बधाई मानसिक र शारीरिक पीडा भोगीरहेकाहरु । नेपाली जनता । बधाई सभासद ज्युहरु । बधाई दलका नेताहरु । बधाई शीर्ष नेताज्युहरु ।
बधाई सहिद र सहिद परिवाहरु, बधाई बेपत्ता र घाईते परिवारहरु, बधाई मानसिक र शारीरिक पीडा भोगीरहेकाहरु । नेपाली जनता । बधाई सभासद ज्युहरु । बधाई दलका नेताहरु । बधाई शीर्ष नेताज्युहरु ।
| संविधानसभा |
हामीलाई थाहा छ । हामी यो संविधान समय अनुसार, आवस्यकता अनुसार परिवर्तन र परिमार्जन गर्दै लैजाने छौं । संघर्ष, परिवर्तन भन्ने रोकेर रोकिने छेकेर छेकिने कुरा होइन । यसैका लागि म र म जस्तै लाखांैं नेपाललीले धेरै रगत, पसिना बगाएका छन् । हज्जारौं हण्डर बेहोरेका छन् । सयौं सम्झौता गरेका छन् ।
धेरै गर्न बाँकि छ, यो सुरुआत हो । असल सुरुआत । र यो मेरो नीजि विचार हो ।
@ श्रीधर न्यौपाने ।
Subscribe to:
Posts (Atom)





















