October 5, 2015

नेपाल । मेरो नेपाल । प्यारो नेपाल ।


पुरानो नक्सा अनुसारको मध्य पश्चिम । नयाँ नक्सा अनुसारको ६ नंबरको प्रदेशका केही जिल्ला घुमिरहेको छु । जति घुम्यो उती सुन्दर र मनमोहक । मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ मेरो देश ।
Shreedhar Neupane 
जन्म दिने आमा भगवान भए आमाको काख स्वर्ग हो । टेकेको धर्ती स्वर्ग हो ।

 मेरो स्वर्ग मेरो देश नेपाल । पुरानो नक्सा अनुसारका ५७ वटा जिल्लाका सदरमुकाम पुगीएछ, अब १८ वटा बाँकि छ । देश पुरै घुम्ने रहर पनि नजिक नजिक छ । जति घुम्यो उती आशावादी हुन्छु म । मेरो देश मेरा देशका नागरिकहरु । नेपालीहरु ।

स्वाभीमानी, मेहनती, उर्जाशील । अलीकति दह्रो व्यवस्था भए हामी सुनको कचौरा लिएर माग्न बसेजस्तो, नतिखारिएको पेन्सील समातेर बसेजस्तो मात्रै हुने थिएनौ होला । हामी कयौं माथि हुने थियौं होला । तर दिन आउने छ । म त आशावादी छु । गर्ने हामीेले नै हो ।


बाँकेको सिक्टा आयोजना । राप्ती थुनेर बनेको छ । 

बाँकेको सिक्टा आयोजना । राप्ती थुनेर बनेको छ । 
सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर 
सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर 

सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर 

सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर 


 नगर्नेलाई गाली ।  गर्नेलाई ताली । नेपाल नेपाल नेपाल ।


@ श्रीधर न्यौपाने ।