September 28, 2015

नाका बन्दी अनि मुख बन्दी ।


shreedhar
लुगा सिउने सियो देखि बत्ती बाल्ने दियो सम्म,
चर्पीको प्यान देखि मोटर गाडि भ्यान सम्म

चर्पीको प्यान पनि मोटर गाडि भ्यान पनि
फिलिम, च्यानल, भट्टितेल राती पिउने क्यान पनि

नुन पनि त्यहि बाट सुन पनि त्यहि बाट, अझ लसुन पनि त्यहिबाट
प्याज पनि त्यहि बाट राजनीतिक व्याज पनि त्यहिबाट

अनि हेप्दैन त

लुगा सीउने सियो देखि बत्ती बाल्ने दियो सम्म
गाडिमा हाल्ले तेल देखि राजनीतिको खेल सम्म

अनि गर्दैन त नाका बन्दी
अनी हुँदैन त मुख बन्दी ??


@ श्रीधर न्यौपाने ।