November 30, 2015

लक्ष्मिदेवी माध्यमिक विद्यालयको चार कोठे पक्कि भवन बन्ने अब भने पक्का पक्की


     यो बर्षको बैशाख १२ गते आएको महाभुकम्पले पुर्ण रुपमा ध्वस्त भएको सिन्धुपाल्चोकको फुल्पिङ्कोट ३ मा अबस्थित श्री लक्ष्मिदेवी माध्यमिक विद्यालयको चार कोठे पक्कि भवन बन्ने अब भने पक्का पक्की भएको छ ।  
भवन निर्माणका लागि शिक्षा विभागमा भएको सम्झौता र विभागले नक्सा पास गरेपछि जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकको समन्वयमा यहि मंसीर १० गते विद्यालयमा नयाँ बन्ने भवनको वन तथा भु संरक्षण मन्त्री अग्नीप्रसाद सापकोटा र नेपालका लागि श्रीलंकाली राजदुर डब्लु एम सेनेभरत्न, र सिन्धुपाल्चोकका सहायक जिल्ला शिक्षा अधिकारी विरेन्द्र जंग थापाले संयुक्त रुपमा सिलान्यास गर्नुभएको छ ।  

स्थानियको आग्रह पछि सिन्धुपाल्चोक क्षेत्र नं २ का जनप्रतिनिधि एवं हाल वहालवाला बन तथा भु संरक्षण मन्त्री सापकोटाको पहलमा विद्यालय भवन निर्माणको काम अघि बढेको स्थानियले बताएका छन् । दाता संग समन्वय गरि भवन निर्माणको कामलाई अघि बढाउन समाजसेवी नवराज गौतम र विद्यालयका पुर्व विद्यार्थी समेत रहेका पत्रकार श्रीधर न्यौपानेले सक्रिय भुमिका खेलेको प्रधानाध्यापक पदम बहादुर भण्डारीको भनाई छ । 

Silanyas
भवन निर्माणका लागि नेपाल स्थित श्रीलंकाली दुतावासको पहलमा भन्ते डा के करुणा गुणरतना, महाकरुणा बुद्धिष्ट सोसाईटी सींगापुर र मलेसीयन रेडक्रिसेन्ट जोहरबारु च्याप्टरले सहयोग गरेको हो । सुरुमा ५० लाख लगानी गरेर चार कोठे पक्की भवन बनाईने सम्झौता भएको शिक्षा विभाग संग सम्झौता भएको छ । समयमा भवन निर्माणको काम पुरा भए थप भवन निर्माणका लागि समेत सहयोग गर्ने दाताहरुको भनाई रहेको विद्यालय व्यवस्थापन समितिका अधिकारीहरुले जानकारी दिएका छन् । सम्झौता अनुसार तत्काले भवन निर्माणको काम सुरु हुने जनाईएको छ । चार महिना भित्र भवन निर्माणको काम सक्नेगरी समन्वय तथा निर्देशक समिति समेत गठन भईसकेको जनाईएको छ । भवनको नक्सा इन्जीनियर गणेश मैनालीले तयार गर्नुभएको छ भने जिल्ला शिक्षा कार्यालका प्राविधिले नियमिति अनुगमन गर्ने जनाईएको छ । 



Honorable Minister Agni Prasad Sapkota 
Mr Birrendra Junj Thapa DEO Sindhupalchok
Dr Bhante and Dr Rupak 

School kids after wearing jacket 
Mr Gautam
Mr Neupane 


Educational materials for students



School Kids 









Mr Gautam And Mr Neupane 



School Team 
@ श्रीधर न्यौपाने ।