September 16, 2015

संविधानसभाबाट नेपालको संविधान बनेको छ । धेरै असन्तुष्टि भएपनि मुल चित्त बुझेको छ ।


संविधानसभाबाट नेपालको संविधान बनेको छ । धेरै असन्तुष्टि भएपनि   मुल चित्त बुझेको छ ।


बधाई बधाई बधाई । हामी सबैलाई बधाई । जनताका प्रतिनिधिले जनताका लागि संविधान बनाउने सपना पुरा भएको छ । अब जारी गर्ने औपचारिककता मात्रै बाँकि हो ।

बधाई सहिद र सहिद परिवाहरु, बधाई बेपत्ता र घाईते परिवारहरु, बधाई मानसिक र शारीरिक पीडा भोगीरहेकाहरु । नेपाली जनता । बधाई सभासद ज्युहरु । बधाई दलका नेताहरु । बधाई शीर्ष नेताज्युहरु ।  
संविधानसभा
हामीलाई थाहा छ । हामी यो संविधान  समय अनुसार, आवस्यकता अनुसार परिवर्तन र परिमार्जन गर्दै लैजाने छौं । संघर्ष, परिवर्तन भन्ने रोकेर रोकिने छेकेर छेकिने कुरा होइन । यसैका लागि म र म जस्तै लाखांैं नेपाललीले धेरै रगत, पसिना बगाएका छन् । हज्जारौं हण्डर बेहोरेका छन् । सयौं सम्झौता गरेका छन् । 
धेरै गर्न बाँकि छ, यो सुरुआत हो । असल सुरुआत । र यो मेरो नीजि विचार हो । 

@ श्रीधर न्यौपाने ।