August 30, 2009

उपराष्टपति झालाई नेपाली भाषामै सपथलिन सरकारको अनुरोध उपराष्ट्रपतिले नटेर्ने १ बजे पत्रकार सम्मेलन गर्दै ।

सरकारले उपराष्ट्रपति परमानन्द झालाई सर्बोच्चको आदेश अनुसार नेपाली भाषामा सपथ लीन अनुरोध गरेको छ ।

आज विहान प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय िसंहदरबारमा बसेको मन्त्री परिषद बैठकले दिउँसो ४ बजे राष्टपतिको कार्यालयमा मिलाईएको सपथ कार्यक्रम अनुसार नेपाली भाषामै सपथ लीन अनुरोध गरेको सरकारका प्रवक्ता एवं सुचना तथा साचारमन्त्री संकर पोखरेलले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले उपराष्ट्रपति परमानन्द झांलाई पुनः नेपाली भाषामा सपथ लिन दिएको ७ दिने समयावधी सकिने दिन आज उहाँलाई नेपालीमा सपथ लिन आग्रह गरिएको हो ।
यद्यपी उपराष्ट्रपति निकट स्रोतले भने उहाँको सपथबारे पत्रकार सम्मेलन मार्फत उपराष्टपति आफैंले धारणा सार्वजनिक गनेु्रहुने भएको छ । स्रोतले झा सपथ पनि नलिने र राजीनामा पनि नगर्ने सोचमा रहेको दावी गरेको छ ।
उपराष्ट्रपतिले आज दिउँसो १ पत्रकार सम्मेलन गरि आफ्नो धारणा सार्वजनिक गर्नुहुने भएको छ ।

August 27, 2009

संविधानसभा भवनमाथि कालो बादल


संविधान बन्न अब मुस्कीलले १० महिना मात्र बाँकि छ । तर राजनैति खिचातानीले समयमा संविधान बन्ने कुरामा संका पैदा भएको छ ।

भदौं १० गते संविधानसभा भवन अगाडिको भवनबाट खिचिएको तस्वीरमाथिको कालो बादलाई सकारात्मक सोच बोक्नेले फाट्दै गरेको बादल भन्न पनि सक्छन् । तर यसलाई ढाक्दै गरेको बादल बनेर तर्क गर्नेकालागि पनि ठाउँ प्रसस्त छ । तपाई आफैं जज गर्र्नु होला

भट्ट खोज्न फेरी भारत




विश्व सम्पदा सुचीमा रहेको पशुपतिमा फेरी पनि भारतीय पुजारी ल्याउन सरकारले कसरत शुरु गरेको छ ।

पशुपति विकास कोषका अध्यक्ष एव सस्कृति मन्त्री मिनेन्द्र रिजालको नेतृत्वमा झण्डै एक महिना अघि वसेको वैठकले पशुपतिमा खाली रहेका पुजारी भारतवाट ल्याउने निर्णय गरेपछि ३ सदस्यीय टोली भारत जान लागेको छ ।

कोषको निर्णय अनुसार गत पुषमा राजीनामा दिएर वसेका भट्ट महावलेश्वर शिवसरण राज भण्डारी र पुराना नेपाली भट्ट विद्यानाथ भट्ट भारत जाने तयारीमा लागेका हुन् ।

यसका लागि कोषले भारतको कान्चि कामाकोठी पिठमा पत्राचार गरीसकेको वुझिएको छ । भारतवाट प्रतिउत्तर आएपछि केही दिन भित्रै नेपाल वाट भारतीय भट्ट महावलेश्वर सहितको टोली जाने श्रोतले वताएको छ ।

गत पुष १३ गते मुल भट्ट महावलेश्वरले राजीनामा दिएपछि माओवादी नेतृत्वको सरकारले नेपाली पुजारी नियुक्त गरेपनि चरम विरोधका कारण त्यो निर्णय फिर्ता भएको थियो ।

August 5, 2009

काठमााडौंमा कारको ठक्करबाट ६ जनाको मृत्यविहानैदेखि तनावमोटरसाईकल ठोक्किँदा कपिलबस्तुमा तीनको ज्यान गयो ।

काठमाण्डौंको रत्नपार्क भोटाहिटी स्थित वीर अस्पतालमा निजी कारको ठक्करबाट ६ जना पैदलयात्रीको मृत्यू भएपछि भोटाहीटी रत्नपार्क तथा जमल लगायतका स्थानमा तनाव उत्पन्न भएको छ ।
गएराती साढे १२ बजे वीर अस्पतालबाट भोटाहीटी तर्फ जादै गरेको बा ४ च ८० ३० नम्बरको कारको ठक्करबाट भारत सीतामणि घर भई हाल बाङ्गेमुढा बस्ने २९ बर्षीय को मदन गुप्ता भारत कसवा नेन्सीका ५० वर्षिय धर्मराज सिन्हा भारत सितामणिका १५ वर्षिय संजिब गुप्ता भारत मोतीहारीका ४६ वर्षिया विना िसंह भारत सितामणिकी ४० वर्षिया कृष्ण देवी र नाम थर खुल्न नसकेका एक जनाको मृत्यू भएको हो । कारको ठक्करबाट एकजना गम्भिर घाइते भएका छन् । ठक्करबाट गम्भिर घाइते भारत सीतामढिका २८ वर्षिय दिपक गुप्ताको अहिले उपचार भैरहेको छ । अत्याधिक गतिमा रहेको कारले वायाँ पट्टिको सडक पेटीमा हिडिरहेका पैदलयात्रुहरुलाई ठक्कर दिएको हो । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकहरुको शव विर अस्पतालमा राखिएको छ ।
कार चालक उद्धवमान िसंह का पीतालाई प्रहरीले नियन्त्रणमा लिएको जनाउको छ । अहिले मृतकका आफन्त तथा स्थानिय बासिन्दाले भोटाहीटी रत्नपार्क तथा जमलमा विरोध प्रर्दशन गरिरहेका छन् । सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ भने उपत्यकाको यातायात अस्तव्यस्त बनेको छ । प्रहरीले प्रर्दशनमा उत्रिएका मृतकका आफन्त एक जनालाई नियन्त्रणमा लिएको छ । अहिले मृतकका आफन्त सडकमा आएर रुवावासीगरिरहेका छन् । उता पूर्वबाट पश्चिमतर्फ जुदै गरेको लु ४ प १८ ०७ नम्वरको मोटरसाइकल रोकि राखेको ना ३ ख ६०६ नम्वरको ट्रकमा ठोकिदा गएराती कपिलबस्तुको शिवपुरमा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलबस्तु बाणगंगा- ४ का २५ बर्षिय चक्रपाणि भट्टराइ खरुनियाका २५ बर्षिय प्रकाश बस्याल र शिवगढीका २५ बर्षिय गणेश बिष्ट रहेका छन । भट्टराई पत्रकार र बस्याल र विष्ट शिक्षक भएको बताईएको छ । सवैको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रौटालाई उदृत गर्दै हाम्रा स्थानीय संवादाताले जनाएका छन ।

August 4, 2009

बाबुराम पढेको स्कुलमा पुगेपछि ………॥

विहान पौने छ बजे नै कलंकी चोकमा पुग्नुपर्ने आग्रह थियो । भुईमा घाम झर्न नपाउँदै म झोलामा एउटा रेकर्डर र क्यामेर हालेर कलंकी पुगे। मनभरी रहर बोकेर हिडिएको थियो । धेरै क्षेत्रमा इतिहास बोकेको गोर्खा जिल्लामा जान पाईने हुनाले मन प्रफुल्लीत थियो । गोर्खा भन्ने वित्तिकै धेरैले गोर्खा दरबार संग्रहालय भन्ने सोच्छन तर हाम्रो उद्देश्य अर्कै थियो । गोर्खाको अर्को इतिहास अमरज्योति जनता उच्च माध्यमिक विद्यालयको उद्घाटन हुँदै थियो । त्यहि विद्यालयबाट २०२६ सालमा नेपाल प्रथम भएका विद्यार्थी बाबुराम भट्टरराईबाट । यस अघि २ पटक सम्म जाने भनेर पनि जान नपाएको हुनाले एकिकृत नेकपा माओवादीका उपाध्यक्ष भट्टराई अन्तिम दिनको केन्द्रीय समितिको बैठक जारी रहँदा पत्नी हिसीलाकासाथ आफु पढेकेा विद्यालय पुग्दै थिए । कलंकीमा रोकिराखिएको लिटिल एाजल स्कुलको पहँेले गाडिमा पत्रकार आयोजक चढे । विहान साँढे छ बजे हामी चटेको गाडि बल्ल कलंकीबाट ओरालो लाग्यो । राजमार्गमा गाडि चलाउने उत्ति बानी नपरेका चालकले सुस्त गतिमा हाक्दै लाँदा अमरज्योतिका गुरु पुर्व विद्यार्थी र उच्चमावि बनाउन सहयोगी भूमिका खेलेकाहरुको समहु मजैले गफिए । धादिङको नौविसे बाट ओरालो झरेपछि कसैले खाजाकालागि स्पोन्सर गर्ने भयो केाही पानीको स्पोन्सर गर्न अघि सरे । चाउचाउ र विस्कुटसंगै पानी पनि गाडि चढ्यो । स्पोन्सर गर्नेकालागि तालि पढ्काएपछि चाउचाउका प्याकेट बजे । फोहोर व्यवस्थापनसंग उत्ति बानी नपरेर होला आम अरु यात्रुले जस्तै हाम्रा सहयात्रिहरुले पनि चाउचाउबिस्कुटका खोल बाटोमा हुत्याईदिए । मिनरलवाटरका रित्ता बोतलहरु भुईमा ठोक्कीएर कुच्चीए ।

हामी तनहुँको आबुखैरेनीबाट केही अघि पुगेपछि बाटोमा सबारी रोकेर मस्र्याङदी तर् यौ । गोर्खाको देउरालीमा हामी भन्दा केही समय अघि पुगेका भट्टराई दम्पत्तीलाई देउरालीका जनताले सम्मान गरेछन् । कार्यकर्तासंगको छलफल पछि केही तलको घरमा तयार पारिएको मेसको दालभात खाईयो । टार भएकोले निक्कै गर्मी भएको थियो। पुरै शरिर पसिनाले निथ्रुक्क हुँदाहुदै हामी बाटोमा फर्कियौं । डुम्रे बजारबाट दाहिने लागेर हामीले लमजुङको बेसी शहर जाने बाटो समात्यौं। तुरतुरे पुगेपछि पुन मस्र्याङदी तरेर गोरखा नयाँबजार पुरानो एयरपोर्ट हुदै कच्ची बाटोबाट हामी पालुङटार पुग्यौं। बाटो कच्ची भएकोले गाडि हाँक्न गाह्रो थियो । गन्तव्य गोरखाको लुईटेल स्थित अमरज्योति पुग्नु आधाघण्टा अघिनै हिलोले गर्दा हामी चढेको गाडि जान सकेन । अन्तत रातो माटे सडकमा हिलो छल्दै हामी कार्यक्रम स्थल पुग्यौं । पुरानो शैलीमा बनाईएका भवनधारी अमरज्योति जनता उच्चमाविको आँगनमा आशावादी अनुहार बोकोका केटाकेटी देखि वृद्ध वृद्धा गरि करिव हजार जना उपस्थित भएका रहेछन्। मानेरोपेर मुरी उब्जाउने बेलामा जम्मा भएका ढाकाको टोपी लाउने देखि लौरो टेक्ने सम्म सरकारी विद्यालयको ड्रेसमा आएका देखि जुल्फी पाल्ने सम्म सबै खुसी देखिएका थिए। गाउँको विद्यालयमा विज्ञान र श्ािक्षाशास्त्र संकायमा दश जोड दुईको पढाई हुनेखुसीले सबै गद्गद् थिए । त्यसमाथि त्यहि विद्यालयमा अध्ययन गरेको विद्यार्थी जसले विद्यार्थीकालमै गाउँको विद्यालयबाट नेपाल प्रथम भएर सबैलाई चकित पारेका थिए । पछि पिएच डि गरेर अनीमाओवादीमा भूमिगत भएर संविधानसभामा सबैभन्दा धेरै भोट ल्याएको इतिहास रचेर अनी अर्थमन्त्री बनेको अबस्थामा इतिहासमै सबैभन्दा बढि राजस्व उठाएरसंधै चर्चाको शिखरमा रहेका व्यक्ति प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रमा बाबुरामका घर गाउँलेपनि आएका रहेछन् । करिब ४५ मिनेटको दुरीमा पर्ने खोप्लाङका बाबुराम लुईटेलमा रहेको अमरज्योति नजिकै बसेर पढेका रहेछन् । त्यो ऐतिहासिक विद्यालयको आँगनमा उभिएर बाबुरामलाई पढाएका विद्यालयका पहिलो प्रधानाध्यापक कुलेन्द्रराज देबकोटाले ४० बर्ष अघिको कुरा सुनाए । चउरमा पढाएर सुरु गरिएको विद्यालयमा दश जोड दुईसुरु हुनु निकै खुसीको कुरा भएको सुनाए । बाबुरामलाई पढाएको स्मरण गर्दै गर्दा निकै भावुक बनेकाउनले प्यारो विद्यार्थी बाबुरामबाटै गोरखा र देश विकास हुने आशा व्यक्त गरे । उनले १५ सालमा पुष्पलालले कम्युनिष्टको विउ छरेकोले गोरखा हाल आएर कम्युनिष्टमय भएको पनि भन्न छुटाएनन् । पुरानो तरिकाले बनाईएको अमरज्योति उच्चमाविका जमानामा बाक्ला इटाले बनेका रहेछन् । भौतिक संरचनामा उत्ति रहलाग्दो नभएपनि अध्यापनको हिसावले यसले मूलुक हल्लाएको थियो । अझै पनि यो विद्यालयको उपस्थिति वरपरका लागि गर्व छ । निकै टाढा टाढाबाट विद्यार्थीहरु त्यहाँ पढ्न पुग्दा रहेछन् । म गोर्खाकी बुहारी हुँ । म यो विद्यालयमा २ वटा चर्पी बनाउन सहयोग गर्छु भट्टराई पत्नी हिसीला यमीले भनिन् । उनले आफुलाई पुर्व मन्त्री र सभासद भन्दापनि गोरखाकी बुहारी भन्न रुचाईन । पुर्वपर्यटन मन्त्री भएकोले हुनुपर्छ गोरखालाई शैक्षिक पर्यटकिय क्षेत्र बनाउनसकिने प्रस्ताव अघि सारिन । हिसीला यमीले भट्टराई संग विहे गरे लगत्तै लुईटेमा रहेको अमरज्योति माविमा लान आग्रह गरेकि रहिछन् । शहरमा जन्मी हुर्केकि हिसीलालाई बोर्ड फस्ट जन्माउने गाउँको विद्यालय विद्यालय हेर्ने रहर भएको हुनुपर्छ । जब यो विद्यालयमा आउँछु मलाई यो स्कुलले भावुक बनाउँछ डा बाबुराम भट्टराईले आफ्नो विद्यालयकोमाचमा उभिएर भने म आज जे छु यहि विद्यालयको शिक्षाको कारण छु । उनले यस अघि दुईपटक सम्म आउँछु भनेर आउन नसकेको प्रति सबैसंग दुख व्यक्त गरे । आफु पढेकेा विद्यालयमा दश जोड दुईको कक्षा साचालन हुन लागेकोमा खुसी ब्यक्त गरे । उनले कक्षा १२ सम्मको शीक्षा निशुल्क र अनिवार्य हुनुपर्ने पार्टिको घोषित कार्यक्रम रहेको र आफु अर्थमन्त्री हुँदा त्यसको सुरुआत कर्णाली अाचलबाट सुरु गरिसकेको बताए । उनले विगतमा शैक्षि क्रान्तिको नेतृत्व गरेको लुईटेल स्कुललाई आगामी दिनमा पनि शैक्षिक क्रान्तिको नेतृत्व गर्ने किसिमले अघि बढाउनुपर्ने उनको विचारले निकै तालि पायो । आफ्नो निर्वाचन क्षेत्र भएकाले जनताको मतको उपहास हुनेगरि हरुवाहरुले चलाएको सरकारको कडा आलोचना गर्दै आईपरे अर्को आन्दोलनकोलागि तयार हुन आग्रह समेत गरे । साथै अपरहरणमा परेको शिशु गणतन्त्रलाई छुटाउन शसक्त आन्दोलनको आवस्यकता औल्याउँदै उनले माओवादीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गर्नुको विकल्प नभएको बताए । उनले अमरज्योतिलाई प्राविधिक विश्व विद्यालय बनाउन सकिने बताउँदा स्कुले विद्यार्थीकॊे मुहारमा उज्यालो छाएको थियो

विद्यालय उच्च मावि बनेको खुसीयालीमा विद्यार्थी अनील गीरीले मार्मिक गीत सुनाएर सबेैलाई भावुक पारे । शहर किन झर्ने हो आफ्नै घरको िढंडो भात खाएर गाउँकै क्याम्पस पढ्ने हो भनिरहँदा भने खुसीले अविभावकहरुका आँखा रसाएका थिए। भट्टराईले आफ्ना मतदातालाई कठपुतली सरकारका विरुद्ध जागरुक बन्न आग्रह गर्दै रुचि अनुसारको पेशा गरेपनि विद्यार्थीहरुमा राजनैतिक र सामाजिक चेतना हुनुपर्ने बताए । करिब आधाघण्टाको भाषण सकिँदै गर्दा उनले उनले साह्रै महत्वपुर्ण कुरा बोले राजनीति मूल हो । अरु भंगाला हुन् । मूल धमीलीयो भने भंगालो संङलो हुँदैन । कार्यक्रम सकेर फर्कदै गर्दा मुङ्लीङको पुल नजिकै मस्र्याङ्दी मिसिएको त्रिशुली नदि मुलुकको राजनीति जस्तै धमीलीएर बगिरहेको थियो ।