August 27, 2009

भट्ट खोज्न फेरी भारत




विश्व सम्पदा सुचीमा रहेको पशुपतिमा फेरी पनि भारतीय पुजारी ल्याउन सरकारले कसरत शुरु गरेको छ ।

पशुपति विकास कोषका अध्यक्ष एव सस्कृति मन्त्री मिनेन्द्र रिजालको नेतृत्वमा झण्डै एक महिना अघि वसेको वैठकले पशुपतिमा खाली रहेका पुजारी भारतवाट ल्याउने निर्णय गरेपछि ३ सदस्यीय टोली भारत जान लागेको छ ।

कोषको निर्णय अनुसार गत पुषमा राजीनामा दिएर वसेका भट्ट महावलेश्वर शिवसरण राज भण्डारी र पुराना नेपाली भट्ट विद्यानाथ भट्ट भारत जाने तयारीमा लागेका हुन् ।

यसका लागि कोषले भारतको कान्चि कामाकोठी पिठमा पत्राचार गरीसकेको वुझिएको छ । भारतवाट प्रतिउत्तर आएपछि केही दिन भित्रै नेपाल वाट भारतीय भट्ट महावलेश्वर सहितको टोली जाने श्रोतले वताएको छ ।

गत पुष १३ गते मुल भट्ट महावलेश्वरले राजीनामा दिएपछि माओवादी नेतृत्वको सरकारले नेपाली पुजारी नियुक्त गरेपनि चरम विरोधका कारण त्यो निर्णय फिर्ता भएको थियो ।