August 5, 2009

काठमााडौंमा कारको ठक्करबाट ६ जनाको मृत्यविहानैदेखि तनावमोटरसाईकल ठोक्किँदा कपिलबस्तुमा तीनको ज्यान गयो ।

काठमाण्डौंको रत्नपार्क भोटाहिटी स्थित वीर अस्पतालमा निजी कारको ठक्करबाट ६ जना पैदलयात्रीको मृत्यू भएपछि भोटाहीटी रत्नपार्क तथा जमल लगायतका स्थानमा तनाव उत्पन्न भएको छ ।
गएराती साढे १२ बजे वीर अस्पतालबाट भोटाहीटी तर्फ जादै गरेको बा ४ च ८० ३० नम्बरको कारको ठक्करबाट भारत सीतामणि घर भई हाल बाङ्गेमुढा बस्ने २९ बर्षीय को मदन गुप्ता भारत कसवा नेन्सीका ५० वर्षिय धर्मराज सिन्हा भारत सितामणिका १५ वर्षिय संजिब गुप्ता भारत मोतीहारीका ४६ वर्षिया विना िसंह भारत सितामणिकी ४० वर्षिया कृष्ण देवी र नाम थर खुल्न नसकेका एक जनाको मृत्यू भएको हो । कारको ठक्करबाट एकजना गम्भिर घाइते भएका छन् । ठक्करबाट गम्भिर घाइते भारत सीतामढिका २८ वर्षिय दिपक गुप्ताको अहिले उपचार भैरहेको छ । अत्याधिक गतिमा रहेको कारले वायाँ पट्टिको सडक पेटीमा हिडिरहेका पैदलयात्रुहरुलाई ठक्कर दिएको हो । चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकहरुको शव विर अस्पतालमा राखिएको छ ।
कार चालक उद्धवमान िसंह का पीतालाई प्रहरीले नियन्त्रणमा लिएको जनाउको छ । अहिले मृतकका आफन्त तथा स्थानिय बासिन्दाले भोटाहीटी रत्नपार्क तथा जमलमा विरोध प्रर्दशन गरिरहेका छन् । सो क्षेत्र अहिले तनावग्रस्त बनेको छ भने उपत्यकाको यातायात अस्तव्यस्त बनेको छ । प्रहरीले प्रर्दशनमा उत्रिएका मृतकका आफन्त एक जनालाई नियन्त्रणमा लिएको छ । अहिले मृतकका आफन्त सडकमा आएर रुवावासीगरिरहेका छन् । उता पूर्वबाट पश्चिमतर्फ जुदै गरेको लु ४ प १८ ०७ नम्वरको मोटरसाइकल रोकि राखेको ना ३ ख ६०६ नम्वरको ट्रकमा ठोकिदा गएराती कपिलबस्तुको शिवपुरमा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलबस्तु बाणगंगा- ४ का २५ बर्षिय चक्रपाणि भट्टराइ खरुनियाका २५ बर्षिय प्रकाश बस्याल र शिवगढीका २५ बर्षिय गणेश बिष्ट रहेका छन । भट्टराई पत्रकार र बस्याल र विष्ट शिक्षक भएको बताईएको छ । सवैको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रौटालाई उदृत गर्दै हाम्रा स्थानीय संवादाताले जनाएका छन ।