July 14, 2015

भूकम्पमा एक सेकेण्डले बाँचेका कवि न्यौपानेलाई क्षेत्रिय प्रतिभा पुरस्कार



 पुरस्कार ग्रहण गर्दै कवि न्यौपाने 
श्रीधर न्यौपाने / गत बैशाख १२ गतेको भूकम्पबाट मुस्कीलले जीवन जोगाउन सफल साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई भानु जयन्तीको अबसरमा क्षेत्रिय प्रतिभा पुरस्कार  प्रदान गरिएको छ । नेपाल टुरिजमबोर्डमा आयोजित सम्मान अर्पण कार्यक्रममा अरु थुपैै्र साहित्यकार, कलाकार सम्मानीत भए ।                                            
   सरकारले उपलब्ध गराएको १५ हजार राहत बुझ्दै न्यौपाने
सम्मानीत कवि न्यौपाने गत बैशाख १२ गतेको भूकम्पमा पुरु भत्किएको सिन्धुपाल्चोकको घरबाट एक सेकेण्डले निस्कन सफल हुनुभएको थियो । उहाँको घरमा भएको सबै खाध्यान्ह र दशौं हज्जार पुस्तक पुरिएको छ । चन्द्र युग वृहत्तर काव्यकाका लेखक न्यौपानेका ४० भन्दा बढि कृति प्रकाशित छन् । नेपाली साहित्यमा सबैभन्दा ठूलो मानिएको चन्द्रयुगका दुई भाग प्रकाशित छन् ।                                                                
                                                        भूकम्पले भत्काएको घरमा पूस्तक खोज्दै  कवि
@ श्रीधर न्यौपाने ।