लेखक |
संविधानसभाबाट नयाँ संविधान बन्नै लागेको छ । नेताहरुको दौडधुपका विच जनताको चासो गहिरिदो छ, महिला, मधेशी, दलित, मुस्लीम आदिवासी जनजाती, अल्पसंख्यक, पछाडि पारिएको, बर्ग, क्षेत्रका मानिसहरु आफ्नो विषयमा संविधानमा के कुरा आउने भयो भनेर जिज्ञासु छन । चित्त नबुझेकाहरु आ-आफ्नै तरिकाले विरोध गरिरहेका छन् । प्रहरी निमुखा विरुद्ध लाठी बर्षाउन छोडेको छैन । कति ठाउँमा प्रहरी नै जलाईएका छन् । पुरानो प्रणालीमा सुधार आउन नसकेपछि मानिसहरु गणतन्त्र अर्थात व्यवस्थालाई गाली गरीरहेका छन् ।
यो बेला युवाहरु आफ्ना कुरा कसरी पर्ला भनेर आँखा तन्काउँदैछन ।
यो महिना भरिमा संविधान बन्छ, टिभि, पत्रिका, रेडियो, अनलाईन, सामाजिक संजाल अनि नेता देखि पत्रकार सम्मले त्यहि भन्छ । असोज ३ गते आउने रे संविधान । आजको विकेको समाचार र पारित भएको ५७ धाराका कुरा छन् ।
यो महिना भरिमा संविधान बन्छ, टिभि, पत्रिका, रेडियो, अनलाईन, सामाजिक संजाल अनि नेता देखि पत्रकार सम्मले त्यहि भन्छ । असोज ३ गते आउने रे संविधान । आजको विकेको समाचार र पारित भएको ५७ धाराका कुरा छन् ।
पत्याउँ यत्रा बर्ष सम्म संविधान बनेन, नपत्याउँ सबैले बन्छ बन्छ भन्छ । संविधानको अमस्यौदा नै आएपछि अलि पत्याएको थिएँ, धारा खुरु खुरु पारित भएपछि झन नपत्याउने कुरै भएन ।
स्कुल पढ्ने बेलामा सुरु भएको संक्रमणकाल कलेज सकेर कलेज पढाएको पनि बर्षौ भएपछि, जनताले आफैं संविधान बनाउने दिन आयो त ? संक्रमणकालबारे रेडियो, टिभिबाट सुने देखेको अनि पत्रिकामा पढेको कुरा आफैंले रेडियो, टिभि, पत्रिका र अनलाईन मार्फत सयौंपटक भनिसकेपछि, भोट हाल्ने भनेको केहि थाहा नहुँदा सुरु भएको संक्रमणकाल संविधान निर्माणका लागि छानिने प्रतिनिधिका लागि दुईपटक मदतान गरेपछि कलकलाउँदो कालो कपाल बिस्तारै झर्दै र रंग फेरेर सेतो भएपछि बल्ल संविधान बन्दै गरेको कुराले म जति खुसी को होला र ? म र म जस्तै हुर्काइ बोकेका युवाहरु अधवैंशे भईरहेका बेला खुलेर हाँस्न नसकेपनि फिस्स मात्रै हाँस्न पाईने भयो, भनेजस्तै नभएपनि धेरै कुरा भनेजस्तो भएको संविधान बन्ने भयो । यहि कुराले मख्ख भएँ म ।
कुरा मिले यहि हप्ता नेपालमा संविधानसभा मार्फत नयाँ संविधान घोषणा हुँदै छ, ओ हो कति खुसीको कुरा । हो, जनताले आफ्नै लागि लेखेको नयाँ संविधान ।
..............................खास कुरा
मलाई खलखली पसिना आईरहेको रहेछ, मेरो सक्रियता त्यो पनि संविधान निर्माणका लागि । आफुले सिन्को भाँचि केही नगर्ने, नेतालाई गाली मात्रै गरिरहनेहरु पनि नेताहरुको दिल खोलेर प्रसंसा गरिरहेका । नेताहरुले गरेको यो कामको गुणगान यति गाईयो कि नेपाली नेताहरुलाई गुटका नाईकेहरुले पनि यसरी पुजेका थिएनन् सायद । हैन होला, अरु त कसलाई नेपाली नेतालाई कसरी यति सम्मान भाव । हो, यो पक्का हो । सबै नेताका पक्षमा छन, म एक्लो छैन । सबका सबले प्रसंशा गरिरहेका छन र भनिरहेका छन । आहा । बल्ल आफ्ना नेताहरुसंग खुसी हुन पाईयो ।
गाणतन्त्र घोषणाको दिन |
अबका केही दिनपछि संविधान जारी गरिने छ, सबै यसै भनिरहेका छन् । मानिसहरु जस जसले यसको समर्थन गरेका थिए, तालि बजाउन हात धोएर बसेका छन, जस जसले विरोध गरेका छन उनीहरु कतिखेर संविधान आउला र जलाउँला अनि बहादुरी देखाउँला भनेर कुरेर बसेका छन । एक हिसाबले भनौ संविधानमा सबैको प्रतिक्षा थियो । संविधानसभामा सभाध्यक्ष बढो खुसी देखिएको बेला हो यो अनि राष्ट्रवपति सबैभन्दा दुःखी सायद । हामी सबै टिभिको स्कृनमा आँखा नझिम्क्याई हेरिरहेका छौ । राष्ट्रपतिको अनुहार पनि टिभिले बेला बेला देखाईरहन्छ, अप्ठेरो मानिरहनुभएको छ रे उहाँले भनेको सुनियो, कार्यकाल सकिन्छ भनेर हैन, सबैलाई चित्त बुझाउन सकिएन भनेर दुःखी भएको हुँ भन्नुहुन्छ रे उहाँ । नजिककाहरु त्यसै भन्छन ।
संविधान बनेको घोषणा हुँदै गर्दा प्रक्रिया मिलाउने काम सुरु भयो । हामी एक टक टिभिमा छौं । सभाध्यक्षले संविधान निर्माणका क्रममा भएको लम्बेयात्राबारे छोटकरीमा बोल्न नेताहरुको नाम बोलाउँदै गए । साना पाटी, आदीवासी, जनजाती, मधेशी मुलका सभासद र स्वतन्त्रहरुले संविधानप्रति तितो पोखे, दलित भनि हेपिएका पनि खुसी देखियनन, एउटै धर्मको कुरा उठाउनेहरुको पनि चित्त नबुझेको भाषण आयो ।
अब संविधानसभाको माग राखेर जनयुद्ध गर्ने पार्टीका नेता प्रचण्डको पालो आयो । संविधान निर्माणका क्रममा भोग्नु परेका अनेकन अप्ठेराबारे कुम हल्लाउँदै जुँगा चलाउँदै जनयुद्धका नायकले लामै बोल्नुभो । सात साल देखि सत्र सम्म, सत्र देखि छत्तीस सम्म, दाँत रोप्दा उपीयाँ मात्रै फेला परेको सम्म । त्यसपछि छयालीस, बाउन्न, उनान्साठी, बाह्रबुँदे, जनयुद्धको जगमा बैसठ्ठी त्रिसठ्ठीको उन्नाईसदिने आन्दोलन, यहि हल, ऐतिहासीक शान्ति सम्झौता, पहिलो संविधानसभा, गीरीजाबाबु, गणतन्त्र घोषणा । उहाँलाई शान्ति प्रक्रिया, कटवाल प्रकरण हुँदै राजिनामा, माधव सरकार, झलनाथ सरकार, भट्राई सरकार, रेग्मी सरकारको कुरा गर्न समय पुगेन ।
खुसीको समाचार पढ्दाको सम्झना |
मैले आशा गरेको थिएँ उहाँले भन्नुहुने छ : लौ बर्वाद भएछ, एउटा महत्वपुर्ण कुरा बिर्सेछ भनेर थकथकी मान्नुभयो । सभामुखको आज्ञाले उहाँलाई थप थोरे बोल्ने मौका मिल्यो । उहाँले भन्नुभो , ज्या, अरु सबै कुरा त गरियो धेरै भनिएको मने नयाँ नेपाल कस्तो हुने भन्नेबारे त यतिका बर्षमा बहसै भएन छ, सिमा र संख्याले दिमाग भुत्ते भएछ । तर आएन ।
त्यतिकैमा सत्ताधारी मध्येको सानो चै दलका ठुला चै नेता केपी ओली आउनु भो, रोष्टममा भन्नुभो म यो पुगेन यो पुगेन भन्दिन । संविधान जारी गरौ । लौ । हुने भयो अब । संविधान निर्माणमा अन्तिम बाधा अड्काउ फुकाउ गर्ने त प्रचण्ड र ओली हुन भन्ने खबर पनि जताजतै फैलीएको छ, संविधानका दाता महान नेता भनेर प्रधानमन्त्री सुशील कोईराला उर्फ उ सरको पनि चर्चा बाक्लिएको छ ।
त्यतिकैमा प्रधानमन्त्री सुशील कोईराला रोष्टममा आउनुभो । पुलीस मारेर उ गरे कसरी देश बन्छ, अब संविधान ल्याएपछि देश बन्छ भन्नुभयो । सबै हामी विश्वस्त । ठुला तीन दलले बोलेपछि कुरै खतम । काम तमाम । प्रधानमन्त्रीले उ भन्दा किन सबै सभासद हाँस्छन । खै । म पनि पत्तै नपाई हाँसी रहेको हुन्छु । धाराहरु दिन दिनै पास हुँदै नयाँ संविधानको आश हुँदै गर्दा लागेको नेताहरुले विकासे बहस गर्न नपाएको महसुस गरेका छन् होला त ?
... एउटा कल्पना सहि .....
आशा थियो : नेताहरुले विकासका कुरा पनि गर्ने छन् । नेताहरुको बस्ने व्यवस्था संविधानसभा भित्रै हुने , विरामी भएका नेताका डाक्टरहरु यहिँ बोलाईन्छ, सबै सुविधा यहिँ सारिन्छ भन्ने विषयमा नेताहरु सहमत भएको देखेर धेरै नेपाली हाँसेको । पदको भागबण्डाका बेला पनि घरैमा सुत्न जाने नेताहरु देशको तीस बर्षे विकास खाका बनाउन संगै बस्ने संगै खाने अनि संगै बहस गर्ने विषयमा तयार भएको देखेर खुसी नहुने अबसरवादीहरुको संख्या यति सानो भएको महसुस भयो कि उनीहरु पहाडको अघि तील भए । विलाए । अस्तीत्व सकिएपछिको छटपटिले उनीहरु विलाए । संचार माध्यमहरुमा नेताहरुको मिलापको विरुद्धमा कुरा राख्ने मान्छे नपाईनु अनौठो विषय भएको ।
संविधानसभा २ मा मतदान |
अनि संसद सचिवालयले सुचना टाँस गरेर विषयगत विज्ञता हासील गरेका बाहेकका सभासद बाहेकलाई विकासबारे जनताको सुझाव लिन घरदैलोमा जान भनेको ।
आउने तीस बर्षमा नेपाली युवाले अर्काको देशमा मरी मरी काम गर्नुको साटो आफ्नै देशमा आनन्दले काम गर्ने दिन कसरी आउला, कुन ठाउँमा के को खेती गरे फाईदा हुन्छ, आयत घटाउन, निर्यात बढाउन कस्तो उत्पादन कहाँ गर्न सकिएला, तपै आफ्नो जीवनकालमा नेपाल कस्तो भएको देख्न चाहनुहुन्छ, किन विकास हुन नसकेको होला, तपैको तर्फबाट चै नयाँ नेपाल बनाउँन कति दिन, कुन क्षेत्रमा, कसरी सहयोग हुन्छ, रोजगारी बढाउने, आत्मनिर्भर बन्ने तरिका जस्ता जिज्ञासा बोकेर सभासद जनताकोमा गएका भए ? यीनै विषयमा सर्बसाधारणले वेभसाईट, इमेल र अन्य माध्यमबाट सुझाव दिन सक्ने व्यवस्था गरिएको भए ?
संविधान त बन्ने भयो । तर खुलेर खुसी हुन नसकिने भइयो । साँच्चैका पीडितहरु पनि बाहिर छन् । यो प्रक्रियामा असहमत हुँदा एउटा युगले जन्माएको बच्चाको हत्या भए सरहको महसुस हुने कस्तो अप्ठेरो । यतिकैमा मैले लेखें सभाध्यक्षलाई ।
सभाध्यक्ष महोदय,
संविधानसभा
संविधानसभाको हालको गति देखेर म निकै खुसी छु । राष्ट्रप्रमुखले पनि तपैलाई चिठी लेख्नुभयो भन्ने सुने । मलाई तपाईको सक्रियताले निकै खुसी तुल्यायो ।
दरबार संग्रहालय उद्घाटनको त्यो दिन |
मैले यसो मैले भन्न चाहेको थिएँ :
विकासको कुरा : हामी तीस बर्षका लागि कस्तो विकासे मोडेलबाट जाने भन्ने अहिले नै तय गरौं, ताकि जुनसुकै सरकार आएपनि यसलाई परिवर्तन गर्नु नपरोस् । सबैजना मिलेर बनाएको मोडेल सबैको प्यारो हुन्छ, लागू पनि हुन्छ । मोडेल कस्तो बनाउने भन्ने विषयका जानकार धेरै छन्, सरकार, नीजिक्षेत्र र जनताको सहभागितामा हुने विकास दिगो हुन्छ, कसले अह्राएको कसले गर्ने होईन, सबैका लागि सबैले गर्ने हो, सरकारले नेतृत्व लिने, जनसहभागितामा काम गर्ने, सरकार, नीजि क्षेत्र र थोरै किन नहोस जनताको पनि लगानी भयो भने अपनत्व हुन्छ । आवस्यकतामा आधारीत विकासको बाटो रोजौं ।
पहिले जनतालाई आफ्ना अधिकारबारे सचेतकीकरण गरौ, सुसुचित गरौ, सशक्तिकरण गरौं । आबस्यकता अनेकन छन् पहिले प्राथमिकता निर्धारण गरौ अनि काम सुरु गरौ ।
विकासका लागि बहुक्षेत्रिय विकास योजना उत्तम हुनसक्छ, एउटा गाउँमा खानेपानी, चर्पी, करेसावारी, उन्नत बिउ विजन, उन्नत जातका पशुबस्तु, सहकारी, स्वास्थ्यकर्मी पनि बस्ने स्वास्थ्यचौकी, शिक्षालय, सुरक्षा, बन, वातावरण, सडक, विजुली, सुचनाकेन्द्र, दुध डेरी, तकारी लगाएतका किसानले उत्पादन गरेका समाग्री संकलन केन्द्र अनि स्रोत परिचालनको ज्ञान सम्म सबैथोक चाहिएको छ, एउटा मन्त्रालयले मात्रै काम गरेर पुग्दैन, सम्भव पनि छैन । सबैको साथ र स्थानियको हात भए काम हुन कतिबेर लाग्दैन, अब हुने भो , अब देश बन्ने भो, भनेर जनतालाई परिचालीत गर्न सकियो भने सम्भव छ । गर्ने बेला यहि हो : सामाजिक परिचालन ।
अनि जनशक्ति खासगरि युवा परिचालनको कुरा : सबैभन्दा बढि लेखिएको, पढिएको, सुनीएको र बास्तविकता पनि नेपाल कृषिप्रधान देश, कृषिमा आधारीत जीवनयापन । तर बास्तवीकता बदलीदैछ, हाम्रा खेतबारी बाँझै छन्, युवा काम गर्न विदेशमा छन् । यहाँ भएकालाई पनि प्रविधिको प्रयाग गरी नविनतम ढंगले एकिकृत खेती गर्ने तरिका सिकाउन सकिएको छैन ।
संविधासभाका लागि पहिलो मतदान |
नेपाल भित्र रोजगारी सृजना गर्न एकिकृत खेति उत्तम उपाए हुनसक्छ । यसका लागि विदेश जाने युवालाई विदेशमा हुने कमाई बराबर त्यतिनै पैसा दिएर रोक्न सकिन्छ, त्यतीनै समयको जागीर ग्यारेन्टी सिप अनुसारको काम दिन सकिन्छ । स्थानिय स्तरमा बसेर काम गर्न मन छैन भने पुर्वी नेपालका पश्चिम र मध्य पश्चिममा, तराईका पहाडमा पहाडका हिमालमा हिमालका पहाडमा वा यस्तै यस्तै काम गर्नेको इच्छा अनुसारको ठाउँमा लगेर काम दिन सकिन्छ ।
टुक्रा टुक्रा जमीनमा भईरहेको खेतीलाई फरक ढंगले खेती गर्न सकिन्छ । तराईका फाँटहरु सिंचाई अभावमा बाँझो बनेको छ, काम गर्न मानिस भएर उत्पादकत्व बढाउन सकिएको छैन । त्यस्ता जमीनलाई सरकारले बीस, तीस बर्षका लागि जग्गाधनीसंग भाडामा लिएर व्यवसायीक खेती गर्न सकिन्छ । एकहजार, देखि तीन चार हजार विगाहा जमीन भाडामा लिएर त्यहाँ खेती सुरु गर्न सकिन्छ, त्यहाँ काम गर्ने पहिलो अबसर जग्गा धनीलाई दिने तर के खेती गर्ने भन्ने निर्णय भने सरकारले गर्ने । पुरै फाँट मध्ये एकातिर उखु होला, अर्कातिर सनपाट, पशुपालन, कम्पोष्ट मल उत्पादन, दुध डेरी, मासु व्यवसाय, अर्गानीक खेती, मिल, व्यापारीक केन्द्र त्यहि तीन चार हजार रोपनी भित्रै हुनसक्छ । जग्गाको भाडा किसानलाई दिनेगरि भाडमा लिन कुनै गाह्रो छैन । एउटा किसानले आफ्नै खेतमा काम गरेको तलब पनि पाउने अनि जमीनको भाडा पनि पाउने भएपछि नाई भन्नुपर्ने अबस्था आउँदैन । नेपालभर यस्ता उत्पादन केन्द्रहरु कम्तिमा पच्चिस देखि तीस वटा बनाउन सकिन्छ । पहाडका वेसी र टारहरुमा पनि यहि तरिका अपनाउन सकिन्छ ।
संविधासभा भवन |
पहाडमा पशुपालन, तरकारी खेतीमा धेरै गर्न सकिन्छ, हिमाली क्षेत्रमा भेडा, च्याङग्रा पाल्ने चौरी पाल्ने चीज उत्पादन गर्न सकिन्छ ।
दक्ष जनशक्ति उत्पादनका लागि त्यस्ता हरेक एकिकृत खेती प्रणालीको काम भईरहेको क्षेत्रमा हरेक क्षेत्रको तालिमकेन्द्र राख्ने र दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । विदेशमा काम गरेर दक्ष भएर आएका नेपाली दाजुभाइ दिदी बहिनी यसका लागि सहयोगी बन्न सक्छन । यस्ता केन्द्रबाट तालिमप्राप्त युवाहरु वैदेशिक रोजगारीमा पनि जान सक्छन अनि राम्रो कमाई गर्न सक्छन् ।
अब म्यानपावरहरुले कामदार खोजेर सरकारलाई बुझाए भयो । कागज मिलाईरहनु परेन । फ्रि भिसा टिकेटको टेन्सन पनि भएन । पासपोर्ट नबनाएका काम गर्न चाहनेले लाईन बसे भयो ।
देशका हरेक सातैवटा प्रदेशमा कम्तिमा पाँचवटाका दरले नेपाली कपडा उत्पादन कारखाना खोल्ने बाँकि भएकालाई पनि जगेर्ना गर्ने नीति लिएमा नेपाली कपडाको प्रयोग बढ्छ । छिमेकीलाई गाली गरेर हैन नेपाली बस्तु र उत्पादन प्रयोग गरेर राष्ट्रियता बलियो बनाउने हो भनेर सिकाउने र व्यवहारमा प्रयोग गर्ने बेला यहि हो । कर्मचारी, जनपथ र सशस्त्र गरि दुबै प्रहरी, सेना, शिक्षक र विद्यार्थीले अनिवार्य एक जोर लगाउनै पर्ने व्यबस्था गरियो भने कारखानमा रोजगारी, सिलाईमा रोजगारी । केही महंगो परोस तर मैले नेपाली उत्पादन लगाएको छु भन्ने त हुन्छ ।
त्यो दिन कहिले आउला |
सगरमाथाको हिउँ पग्लीएर आएको पानीको नियार्त
नेपालको विकासका लागि मुल दुई सम्भावना भनेको पानी र पर्यटन हो । पानीको प्रयोग पहिले पिउनका लागि स्वच्छपानी घर घर पुर्याउन पहल गर्ने, सिंचाईका लागि पानीको प्रयोग गर्ने, विजुली निकाल्न पानीको प्रयोग गर्ने अनि सगरमाथाको हिउँ पग्लीएर आएको पानीको निर्यात गर्ने ।
दोस्रोमा पर्यटन विकासका लागि तीन सहरमा केन्द्रीत पर्यटनलाई विस्तार गर्न ग्रामीण पर्यटन, होमस्टे संचालनमा जोड दिने । पर्यटकलाई लोभ्याउने नेपाली कला संस्कृतिका संरक्षण गर्ने । नेपाल आउने पर्यटकलाई एकजोर नेपाली कपडा साईज अनुसारको उपहार दिएर स्वागत गर्ने त्यसको खर्च भिसा शुल्कबाटै उठाउने गर्न सकिए राम्रो । पर्यटकलाई सत्कारका लागि पर्याप्त तालिम संचालन गरी सर्वसाधारणलाई अभ्यस्त बनाउन सकिन्छ ।
कुरिती विरुद्ध लङ्गमार्च : नेपालका कतिपय ठाउँमा जारी कुरिती हटाउन सबै धर्मका धर्मगुरुहरु, स्थानिय बुद्धिजिवी, शिक्षक, नेता, कार्यकता सम्मिलित लङ्गमार्च आयोजना गर्ने । गाउँ सहरमा अभियानकै रुपमा छुवाछुत, बोक्सी प्रथा जस्ता कुप्रगा विरुद्ध कार्यक्रमहरु आयोजना गरि सम्भाउने बुझाउने नमान्नेलाई त्यहि अनुसारको राज्यबाटै असमान व्यवहार हुने चेतावनी दिने । भन्न पाईयोस छुवाछुत र कुरीति विरुद्ध सबै धर्मका गुरुहरु संगै हिडेको देखेर आँखा यसरी सीतल भए कि सामान्य पावर भएको चस्मा लगाउनेलाई त निकै भयो । आँखा र मन विचको यो अनौठो सम्बन्ध बारे अनुसन्धान गर्न हजार बढिले रोजगारी पाए ।
दोस्रोमा पर्यटन विकासका लागि तीन सहरमा केन्द्रीत पर्यटनलाई विस्तार गर्न ग्रामीण पर्यटन, होमस्टे संचालनमा जोड दिने । पर्यटकलाई लोभ्याउने नेपाली कला संस्कृतिका संरक्षण गर्ने । नेपाल आउने पर्यटकलाई एकजोर नेपाली कपडा साईज अनुसारको उपहार दिएर स्वागत गर्ने त्यसको खर्च भिसा शुल्कबाटै उठाउने गर्न सकिए राम्रो । पर्यटकलाई सत्कारका लागि पर्याप्त तालिम संचालन गरी सर्वसाधारणलाई अभ्यस्त बनाउन सकिन्छ ।
कुरिती विरुद्ध लङ्गमार्च : नेपालका कतिपय ठाउँमा जारी कुरिती हटाउन सबै धर्मका धर्मगुरुहरु, स्थानिय बुद्धिजिवी, शिक्षक, नेता, कार्यकता सम्मिलित लङ्गमार्च आयोजना गर्ने । गाउँ सहरमा अभियानकै रुपमा छुवाछुत, बोक्सी प्रथा जस्ता कुप्रगा विरुद्ध कार्यक्रमहरु आयोजना गरि सम्भाउने बुझाउने नमान्नेलाई त्यहि अनुसारको राज्यबाटै असमान व्यवहार हुने चेतावनी दिने । भन्न पाईयोस छुवाछुत र कुरीति विरुद्ध सबै धर्मका गुरुहरु संगै हिडेको देखेर आँखा यसरी सीतल भए कि सामान्य पावर भएको चस्मा लगाउनेलाई त निकै भयो । आँखा र मन विचको यो अनौठो सम्बन्ध बारे अनुसन्धान गर्न हजार बढिले रोजगारी पाए ।
महिलाका अधिकारका विषयमा कुरा त्यसरी नै उठेको यो अबस्था । महिलाका विषयमा पुरुषले पुरुषका विषयमा महिलाले अधिकार प्राप्ती र काम बाँडफाडका प्रस्ताव तयार पारे अरे । अनि एक अर्काले एक अर्काका लागि भनेर बनाएको तर आफुलाई नै बनाएको मानिने छ भनेर साटियो । आफुले अरुका लागि भनेर बनाएको आफैलाई पर्दा महिला र पुरुष आश्चर्य चकित भए । अरुलाई भनेको आफैलाई पो पर्न गयो । चित्त नबुझाए पनि भएन आफुले बनाएको, बल्ल चित्त बुझ्दो भयो । बालबालिकाका कुरा पनि त्यसैगरी आए, दलित, जनजाती, आदीवासी, मुस्लीम, मधेशी वा अल्पसंख्यकका कुरा सुनीने भयो । विकासमा स्थानियता खोजिने भयो । आहा कति राम्रो ।
हरेक दिन देशबाट बाहिरीने युवा र रोजगारी बारे । सीप र नेपालको सम्भावना बारे बहस सुरु भयो । नेपालमा गरिने आत्मनिर्भर मुखी खेती बारे कुरा आयो । आज यति खुसि लागेको छ कि आहा बल्ल नेपाली हुनुको साँचो मजा लिन पाईएको छ , सोच यस्तो थियो । तर भैदिएन । संविधान त आउने पक्का भयो तर विकासे कुरा चैं कता हो कता । जे जे भएपनि मेरो कुराई असोज ३ सम्म एक टक छँदैछ । आहा नजिकिएको असोज ३ ।
@ श्रीधर न्यौपाने ।