July 19, 2015

म सुझाबका लागि घोरिएको छु । म पुरै मस्यौदा पढेर सुझाब दिन्छु । संविधानसभाबाट बन्ने संविधानका लागि ।


नेपालीहरुको शताव्दीऔंको पर्खाई, जनताले जनताका लागि लेखेको संविधान । त्यहि संविधानका लागि संविधान सभा । पहिलो संविधानसभाबाट टुंगो नलागेपछि दोस्रो संविधानसभा । त्यहि सभाले तयार गरेको पहिलो मस्यौदा मेरो हातमा छ । सुझाव दिन चाहने हरेक नेपालीको हातमा छ ।

संविधानसभाका लागि मैले गरेको त्याग, मेरा साथिभाइले बगाएको रगत, भाइबैनीले भोग्नुपरेको पीडा । अत्यासलाग्दो संक्रमणकाल, हरेक कुराको विकास नहुनुको पछाडिको कारण संविधान बनाऔ अनि गरौंला भनेर सबथोक टारेर बसिएको संविधानसभा । त्यहि संविधानसभाबाट तयार गरिएको पहिलो मस्यौदा अहिले मेरो हातमा छ । सुझाव दिन चाहने हरेक नेपालीको हातमा छ ।

के दिनु सुझाव । म अलमलिएको छु । थुप्रै मानिस विरोध गरिरहेका छन् । मेरो कुरा परेन भनिरहेका छन् । बुझेर भनिरहेका छन कि नबुझेर । आफ्ना कुरा परेको छ कि छैन हेरेर भनिरहेका छन कि नहेरेरै भनिरहेका छन् ? अरु त के कसो गरिरहेका छन् म भने मेरा कुरा परेको छ कि छैन भने हरेक पेजमा हरेक अक्षर केलाईरहेको छु । मैले पनि हजार हण्डर बेहोरेर, मतदन गरेर बनेको संविधानसभाबाट तयार पारिएको मस्यौदा संविधान मेरो हातमा छ । म सुझाबका लागि घोरिएको छु । म पुरै मस्यौदा पढेर सुझाब दिन्छु । संविधानसभाबाट बन्ने संविधानका लागि ।

@ श्रीधर न्यौपाने ।