July 9, 2015

आफैले क ख चिनेको कक्षा पाच सम्म पढेको विद्याल श्री लक्ष्मीदेवी माध्यमिक विद्यालयमा राहत लैजान पाउँदाको खुसी


नेपालका लागि श्रीलंकाली राजदुत महामहिम एम डब्लु सेनेभरत्न सिंगापुरबाट आउनुएका भन्ते गुणरत्न, मलेसीयन रेडक्रसका अध्यक्ष, सांसद सहितको टोली लिएर यहि असार १५ गते आफ्नो जिल्ला, आफ्नो गाविस, आफ्नो गाउँमा रहेको आफैले क ख चिनेको कक्षा पाच सम्म पढेको विद्याल श्री लक्ष्मीदेवी माध्यमिक विद्यालयमा गईयो ।




 

  पक्तिकार श्रीधर न्यौपानेलाई यो कामका लागि सहयोग गर्नुहुने नवराज गौतम हुनुहुन्छ । काठमाण्डौबाट अरनीको राजमार्ग हुँदै बलेफी र जलविरेतर्फ ७ किलोमिटर अनि नौविसेबाट करिब चार किलोमिटर बाटो पार गरेर विद्यालय पुगियो ।
 स्कुले विद्यार्थी, शिक्षक, अविभावक, बा,आमा, काका, काकी, वरपरका सबै मानिस खुसी भए । भूकम्पले हल्लाएर पनि नगलेका गाउँले अनुहार श्रीलंकाली सहयोगलाई स्वागत गरिरहेको थियो ।
 गाउँको स्कुलका लागि गरिएको यो प्रयासका क्रममा हरेक विद्यार्थीलाई झोला, कापी किन्न एक हजार रुपैयाँ, साना कक्षाकालाई चप्पल, जुत्ता, ठुलालाई टिसर्ट पनि बाँडियो, शिक्षकलाई पनि ।
 उपस्थित अभिभावकलाई पनि । यो मेरालागि पनि खुसीको अबसर हो । प्रयास अझै जारी छ । केही गर्ने मन छ ।
























































































सर्वाधिकार श्रीधर न्यौपानेमा सुरक्षित ।