July 10, 2015

के साँच्चै दुरदर्शी छन केपी ओली ?

धरहरा विष्लेषण । श्रीधर न्यौपाने

विक्रम सम्बतको क्यालेण्डर अनुसार २०७१ सालको अन्तिम दिन चैत्र ३० गते नेपाली मिडियामा एउटा समाचारले सनसनी मच्चायो । तिखो बोली र उखान तुक्का जोड्ने नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धरहरा चढे ।

 कुरा यति हो, समाचारको भोल्यूम यति ठूलो बन्यो कि, सामाजिक सञ्जालमा भाईरस बन्यो । त्यसको १२ दिन पछि धरहरा सहित कयौ साँस्कृतिक सम्पदा भूकम्पले लग्यो । राष्ट्रिय बिभूति भीमसेन थापाले बनाएको र हालकोे ६१ दशमलव ८८ मिटर अग्लो उचाइ रहेको सो धरहरा हरेक प्रजातन्त्र दिवसमा विगुल फुक्ने गरिन्थ्यो । ठिक १२ दिन अघि ओली धरहरा चढ्नु संयोग मात्रै थियो कि उनी दुरदर्शी थिए ? उनलाई बैठक छोडि छोडि धरहरा किन जानु परेको होला ?
कुरा यति हो, समाचारको भोल्यूम यति ठूलो बन्यो कि, सामाजिक सञ्जालमा भाईरस बन्यो । त्यसको १२ दिन पछि धरहरा सहित कयौ साँस्कृतिक सम्पदा भूकम्पले लग्यो । राष्ट्रिय बिभूति भीमसेन थापाले बनाएको र हालकोे ६१ दशमलव ८८ मिटर अग्लो उचाइ रहेको सो धरहरा हरेक प्रजातन्त्र दिवसमा विगुल फुक्ने गरिन्थ्यो । ठिक १२ दिन अघि ओली धरहरा चढ्नु संयोग मात्रै थियो कि उनी दुरदर्शी थिए ? उनलाई बैठक छोडि छोडि धरहरा किन जानु परेको होला ? कुनैबेला आफ्नो पार्टी, कांग्रेस लगाएतका सात दलले मात्रै गरेको आन्दोलन सफल नहुने संकेत संगै गाडामा चढेर अमेरिका पुगीदैन भनेर भविष्यवाणी गरेका ओलीलाई राजनैतिक रुपमा निकै उडाईयो ।


ओलीको अर्को भविष्यबाणी यो बर्ष सम्बीधान आउँछ भन्ने छ, जुन धरहराको फेदमा बसेर उनले घोषणा गरेका थिए । कुराकानी सकारात्मक पो बन्दैछ त । साँँच्चै दुरदर्शी भएर भनिरहेका छन ओली ? ओलीको बोलीमा लोली मिलाएको भन्दा उनले आज बोल्ने र भोलि हुने नहुने कुरा विचको चर्चा मात्रै ।
सर्वाधिकार श्रीधर न्यौपानेमा सुरक्षित ।