June 10, 2015

My Village after Earthquake

सर्वाधिकार श्रीधर न्यौपानेमा सुरक्षित ।

भूकम्प पीडित फुल्पिङ्कोटका विद्यार्थी र स्थानीयलाई स्टोक इन्टरनेशनल र सेवाको सोलार बत्ती । 
२६ जेठ, फुल्पिङकोट सिन्धुपाल्चोक, 

गत बैशाख १२, १३ र २९ गतेका भूकम्पबाट सबैभन्दा धेरै मानविय र भौतिक क्षति बेहोरेको जिल्ला सिन्धुपाल्चोकको एक गाविस फुल्पिङ्कोटका विद्यार्थी र स्थानीयलाई मंगलबार सोलार बत्ती वितरण गरीएको छ । 


स्टोक इन्टरनेशनलको सहयोग र सेवा नेपालको समन्वयमा प्राप्त करिब ११ लाख बराबरको सोलार बत्ती गतिशिल युवा समुहको सहयोगमा विद्यार्थी र स्थानीयलाई वितरण गरिएको हो । सेवा नेपालकी अध्यक्ष कल्याणी शाहले संस्थाको पहलमा लगिएको आठ सय थान सोलार बत्ती पाँचवटा विद्यालय र तीन वटा वडाका स्थानियलाई वितरण गरीएको जानकारी दिनुभयो । 

 श्री लक्ष्मीदेवि मावि फुल्पिङकोटमा आयोजित पहिलो वितरण कार्यक्रममा पुर्वमन्त्री शाहले सोलारको उज्यालोले विद्यार्थीको उज्यालो भविश्यका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । बालबालिकालाई उज्वल भविश्य दिने भए बत्ती दिनुपर्छ भनेर सोलार बत्ती ल्याईएको जानकारी दिनुभयो । उहाँले विद्यार्थीका लागि बत्ति, पानी, सौचालय र सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 


गतिशिल युवा समुहका संस्थापक अध्यक्ष एवं पत्रकार श्रीधर न्यौपानेका अनुसार विद्यार्थीका लागि छुट्टै र स्थानीयका लागि छुट्टै सोलार वितरण गरीएको छ । उहाँका अनुसार विद्यार्थीका लागि टेबल ल्याम्प  र स्थानीय भूकम्प पीडितका लागि फरक फरक किसिमका मोबाईल फोन चार्ज गर्न मिल्ने सोलार बत्ती बाडिएको हो । सोलार बत्ती सेवा नेपालका सल्लाहकार समेत रहनुभएका पुर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले वितरण सुरुआत गर्नुभएको थियो । 


सेवा नेपाली अध्यक्ष कल्याणी शाहले भूकम्पले छिया छिया पारेको मनहरुमा अलिकति भएपनि मल्हम लगाउने र  एक अर्काको दुःख सुख साटासाट गर्न सकिएला भनेर सिन्धुपाल्चोकमा कार्यक्रम राखिएको बताउनुभयो । सहयोगी संस्था स्टोक इन्टरनेशनलका तर्फबाट निर्देशक गौतम श्रीवास्तवले संस्थाले भूकम्पले धेरै पीडा भोग्नुपरेको सिन्धुवासीका लागि संस्थाका अध्यक्ष डा योगेन्द्रसिंह यादवको पहलमा सामाग्री ल्याएर वितरण गर्न पाएकोमा खुसी व्यक्त गनुभयो ।    

स्थानिय महिला देवकी न्यौपानेले भूकम्प पछि स्थानीहरुले अरुको सहयोगमा बाच्नुपर्ने अवस्था आएको बताउँदै सहयोगी हातहरुलाई धन्यवाद दिनुभयो ।यस्तै लक्ष्मिदेवि माविका शिक्षक हिरालाल न्यौपाने र गतिशिल युवा समुहका अध्यक्ष राजकुमार भण्डारीले सहयोग जुटाउने र फुल्पिङकोट सम्म ल्याउन सहयोग गर्नुहुने संघसंस्था र पत्रकार श्रीधर न्यौपानेलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

 विद्यार्थीहरुले सोलार बत्ती ल्याईदिनुहुने सबैलाई धन्यवाद ज्ञापन गरे । गतिशिल युवा समुहका अध्यक्ष भण्डारीका अनुसार सोलार बत्ती श्री लक्ष्मिदेवि मावि, श्री कल्लेरी प्रावि, फुल्पिङकोट उच्चमाध्यमीक विद्यालय, श्री अर्चले प्रावि र सेती देवि प्राविका गरि चार सय विद्यार्थीलाई सोलार बत्ती वितरण गरिएको जानकारी दिनुभयो । 

गतिशिलका सदस्य चन्द्र तामाङ्ले फुल्पिङ्कोट गाविसको वार्ड नं २, ३ र ४ का बासिन्दा,  पाँच विद्यालयका शिक्षक–शिक्षिका, गाविसका कर्मचारीलाई समेत गरी चार सय ठूलो सोलार वितरण गरिएको जानकारी दिनुभयो ।  




वितरणमा सहभागि सेवा नेपालकी उपाध्यक्ष गीता चौधरी थारुले बैशाख १२ गते गएको बिनासकारी भकम्पले क्षति पु¥याएको जिल्ला सिन्धुपाल्चोकमा बाँडिएको सोलार बत्तीले जनजीवन सामान्य बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।