November 24, 2015

रहर पाईलट पहिरन

रहर पनि अनेक जाग्छ जीवनमा । हुन त मानिसले चाहे नहुने केही छैन तर एउटा लाईनमा लागेपछि अर्कोमा लाग्न उत्तीनै मेहनत गर्नुपर्ने कति त मेहनतले पनि नहुने ।
चराभन्दा माथि माथि उड्ने जहाज बनाउने र त्यसलाई उठाउने पाईलट यथार्थमा बन्न सकिएन, त्यो लाईनमा गईएन । अब जान पनि सायदै सकिएला । तर रहर । धनगढीमा बेद उप्रेतीले खोल्नुभएको ककपीट क्याफेमा गएर पाईलटकै पहिरनमा तस्वीर खिचाएर केही रहर पुरा गरियो । हुन त पहिरनले केही महत्व नराख्ला तर पनि यो पहिरन र यो बसाईको महसुस थप रमाईलो थियो ।
२०७२ साल मंसिरको पहिलो साता धनगढी बसाईका क्रममा लिईएका तस्वीर यहाँहरुमाझ । 








@ श्रीधर न्यौपाने ।