October 29, 2015

राष्ट्रप्रमुख, राष्ट्रपति महिला, व्यवस्थापिका प्रमुख, सभामुख महिला


हामी नेपालीको गर्व गर्ने दिन आएकै हो । राष्ट्रप्रमुख राष्ट्रपति महिला, व्यवस्थापिका प्रमुख, सभामुख महिला । महिलाहरुलाई यो उच्च स्थानमा पुग्ने वातावरण बनाउने महिला पुरुष सबैलाई बधाई ।
सम्मानीय राष्ट्रपति विद्या भण्डारी 
सम्मानीय सभामुख ओनसरी घर्तीमगर
@ श्रीधर न्यौपाने ।

October 27, 2015

सुन्दर भूमि , ऐतिहासिक जिल्ला रुकुम


 सुन्दर भूमि , ऐतिहासिक जिल्ला रुकुम पुग्दै गर्दाका केही तस्वीरहरु पोष्ट गरें है । #Rukum






@ श्रीधर न्यौपाने ।

October 21, 2015

जति हेरे पनि हेरिरहुँ जस्तो लाग्ने केही स्केच ।








@ श्रीधर न्यौपाने ।

भेटघाट र शुभकामना ।


नेपालको संसदीय ईतिहासमा पहिलो महिला सभामुख ओनसरी घर्तीलाई उहाँको कार्यकक्ष सिंहदरबारमा शुभकामना दिदाको क्षण ।



सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ का जनप्रतिनिधि हुँदै दोस्रो पटक मन्त्री बन्नुभएको बन तथा भु संरक्षण मन्त्री अग्नी सापकोटासंग उहाँकै कार्यकक्षमा शुभकामना दिएपछिको क्षण ।


@ श्रीधर न्यौपाने ।

October 16, 2015

दैलेखको श्रीस्थान र नाभिस्थानमा रहेको प्राकृतिक ज्वाला

दैलेखको प्रसिद्ध तिर्थस्थल श्रीस्थान र नाभिस्थानमा रहेको प्राकृतिक ज्वाला हेरेपछि लाग्यो हामीलाई भारतले संधैभरी नाकाबन्दी गरिदिए आफैंलाई हेर्ने थियौं कि ? त्यसो भए हामी सुनको कचौरा लिएर माग्न बस्ने थिएनौं कि ?













@ श्रीधर न्यौपाने ।

October 12, 2015

कसरी दशैं मनाउ सरकार ?





सुने सिंहदरबारमा नयाँ सरकार आयो  रे
सुने पात्रोले नयाँ दशैं ल्यायो रे

तर यसपाली सिन्धुपाल्चोक, गोरखा र अरु थुप्रै जिल्लाहरुमा
भुईचालोको भग्नाबशेषहरुबाट गन्ध हराएको छैन
पीडै पीडाले डामीएका मनहरु,  झन झन पीडामा जिईरहेछन
महिनौ देखिको राहतको आशा झन झन खिईरहेछन
अनि, म कसरी दशै मनाउँ सरकार ?

मुस्कीलले दिईएको पन्ध्र हजारले भित्तो ठडिएको छैन
आफन्त र छिमेकी गुमाएको पीडाले आँसु अडिएको छैन
अनि, म कसरी दशै मनाउँ  सरकार ?

ओत लाग्ने भित्तो भए त्यहिँ मुन्टो जोत्ने थिएँ
सरकारको जय गाउँदै त्यहि भित्तो पोत्ने थिएँ
तर, यो दशैंमा न त पोत्ने भित्तो छ,
छाप्रो र मन दुबै रित्तो रित्तो रित्तो  छ
अनि, म कसरी दशैं मनाउँ सरकार ?
 
सुने सिंहदरबारमा नयाँ सरकार बन्यो रे
तिम्रो उपस्थितिले आँखा ओभाउने थिए कि ?
छटपटिएका मन थामीन सघाउने थिए कि ?
भन, म कसरी दशै मनाउँ सरकार ?

श्रीधर न्यौपाने
सिन्धुपाल्चोक  

@ श्रीधर न्यौपाने 

October 5, 2015

नेपाल । मेरो नेपाल । प्यारो नेपाल ।


पुरानो नक्सा अनुसारको मध्य पश्चिम । नयाँ नक्सा अनुसारको ६ नंबरको प्रदेशका केही जिल्ला घुमिरहेको छु । जति घुम्यो उती सुन्दर र मनमोहक । मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ मेरो देश ।
Shreedhar Neupane 
जन्म दिने आमा भगवान भए आमाको काख स्वर्ग हो । टेकेको धर्ती स्वर्ग हो ।

 मेरो स्वर्ग मेरो देश नेपाल । पुरानो नक्सा अनुसारका ५७ वटा जिल्लाका सदरमुकाम पुगीएछ, अब १८ वटा बाँकि छ । देश पुरै घुम्ने रहर पनि नजिक नजिक छ । जति घुम्यो उती आशावादी हुन्छु म । मेरो देश मेरा देशका नागरिकहरु । नेपालीहरु ।

स्वाभीमानी, मेहनती, उर्जाशील । अलीकति दह्रो व्यवस्था भए हामी सुनको कचौरा लिएर माग्न बसेजस्तो, नतिखारिएको पेन्सील समातेर बसेजस्तो मात्रै हुने थिएनौ होला । हामी कयौं माथि हुने थियौं होला । तर दिन आउने छ । म त आशावादी छु । गर्ने हामीेले नै हो ।


बाँकेको सिक्टा आयोजना । राप्ती थुनेर बनेको छ । 

बाँकेको सिक्टा आयोजना । राप्ती थुनेर बनेको छ । 
सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर 
सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर 

सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर 

सल्यानको खलंगा जाने बाटोका सुन जस्तै फलेका धानका फाँट श्रीनगर 


 नगर्नेलाई गाली ।  गर्नेलाई ताली । नेपाल नेपाल नेपाल ।


@ श्रीधर न्यौपाने । 

October 2, 2015

कृष्णसार हेर्न बर्दीया



बन्दको बेला, गर्मीको बेला, तर रहरले जित्दो रहेछ । इच्छा शक्तिले डोहोर्याउदो रहेछ ।



२०७२ साल असो १४ गते बर्दीयादको गुलरीयाबाट कृष्णसार हेर्न गईयो । 


   
   हेरेपछि त कति खुसी भईयो भईयो । तस्वीरले त्यसो भन्दैनन र ?

@ श्रीधर न्यौपाने ।