November 15, 2009

आन्दोलन प्रचण्ड र संझौता

प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले यहि कात्तिक २७ गते गर्नुभएको भाषणको पुर्ण पाठ ।

हामी नेपाली इतिहासको असाध्यै युगान्तकारी र परिवर्तनको क्षणमा छौं । प्रत्येक महान् क्रान्तिमा क्रान्तिकारी परिवर्तनको थुप्रै उतारचढाब र घुम्ती मोडहरु आउँछन् । हामी त्यस्तै घुम्ति मोडहरुबाट अगाडि बढीरहेका छौं । सामान्यतया क्रान्तिको सफलता नजिक पुग्दै जाँदा प्रतिक्रान्ति पनि निकै चर्कोसँग आउने गर्छ र त्यहीं क्रान्ति र प्रतिक्रान्तिको निकै ठूलो टक्करबाट हामी अगाडि बढीरहेका छौं । नेपाली जनताले लामो समयदेखि सङ्घर्षबाट जुन उपलब्धी हाँसिल गर् यो ती निकै दुर्गामी र ऐतिहासिक महत्वका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा संविधान सभाको निर्वाचन दुईसय चालिस वर्ष पूरानो शाहवंशीय राजतन्त्र र दुई हजारवर्ष पूरानो सामन्ती राजतन्त्रको अन्त्य आफैमा नेपाली इतिहासका धेरै परसम्म जाने युगान्तकारी उपलब्धीहरु हुन् । यी उपलब्धीहरु हाँसिल गर्नका निम्ति नेपाली जनताका श्रेष्ठतम् १० औं हजार छोराछोरीले वलिदान गरे । हजारौं बेपत्ता छन् । हजारौं घाइते भए लाखौंलाख जनताले निकै त्याग तपस्या गरे ।
अहिले फेरी ती ऐतिहासिक उपब्धी र परिवर्तनकाविरुद्ध प्रतिक्रान्तिले टाउको उठाएको छ । परिवर्तनको धारा प्रवाहलाई रोक्ने एउटा ठूलो प्रयास निकै अगाडि आएको छ । हामी सबैलाई थाहा छ यो षड्यन्त्र त्यत्तिबेला गम्भीर रुपले अगाडि आयो जतिबेला संविधानसभाको निर्वाचनको परिणाम यो देशका सामन्त दलाल सबै प्रतिकि्रयावादीहरुले सोचेकोभन्दा धेरै भिन्न रह्यो । जतिबेला नेपाली जनताले आफ्नो फैसला परिवर्तनको क्रान्ति र क्रान्तिकारी पार्टीको पक्षमा दियो । त्यत्तिबेलानै यो परिवर्तनको प्रवाहलाई रोक्ने षड्यन्त्र आयो । हाम्रो संविधानसभा साँच्ची २१ औं शताब्दीमा सबैभन्दा समावेशी समानुपातिक एउटा नौलो खालको बन्यो । जतिबेला संविधानसभामा नेपाली जनताका सबै टप्काको प्रतिनिधित्व भयो । महिलाको अदुभूत प्रतिनिधित्व भयो दलित आदिवासी जनजाति मुश्लिमदेखि हरुवा चरुवा सुकुम्बासीहरुको प्रतिनिधित्व रह्यो । त्यो संविधानसभा आजको दुनियामा सबैभन्दा बढी लोकतान्त्रिक र समावेशी खालको भयो । त्यत्तिबेला देखिनै षड्यन्त्र शुरु भयो । यो देशका सामन्त दलाल नोकरशाहहरु संविधानसभा निर्वाचनमा माओवादी पार्टीलाई जनताले बहुमत दिनेछन् भन्ने सपनामा पनि देखेका थिएनन् । तर नेपाली जनताले दियो विवेक प्रयोग गरेर दियो । उनीहरुलाई लागेको थिएन संविधानसभामा यत्ति धेरै समानुपातिक समावेशी हुनेछ भन्ने । त्यसकारण त्यही विन्दुबाट षड्यन्त्र सुरु भयो । अहिले हामी जुन लडाईं फेरी लड्दै छौं । बडो नयाँ तरिकाले लड्दै छौं । हामी अहिले संविधानसभामा जसरी नेपाली समाजमा अहिलेसम्म राज्यद्वारा उत्पीडित जनतामाथि जो अन्याय अत्याचार भएको छ त्यसकाविरुद्ध नेपाली जनताले जसलाई अगाडि ल्यायो ठीक त्यो परिवर्तन प्रगति शान्ति र संविधानकाविरुद्ध षड्यन्त्र भयो । त्यहीं लडाईं लड्दै छौं ।

हामीले यो लडाईं लड्दा उनीहरुले माओवादी पार्टी मूर्खता गरोस् मैले राजिनामा दिइसकेपछि तुरुन्तै हामीले शान्तिपूर्ण सङ्घर्षको बाटो छाडौं क्यान्टोन्मेन्टबाट सेना निकालौं र त्यही बाहाना फेरी युद्ध थोपर्न पाइयोस् भन्ने सोंचेका थिए । नेपाली जनतामाथि त्यो षड्यन्त्र थियो । तर त्यसको जवाफमा शुरुमा हाम्रो पार्टीले खुलामाचमा विशाल जनसभाको आयोजना गर् यो । त्यहाँ तीनलाख जनताको उपस्थिति भयो । शान्तिकासाथ संयमित तरिकाले हामीले नेपालमा नागरिक सर्वोच्चताको हनन् हुँदै छ शान्ति संविधानसभाकाविरद्ध षड्यन्त्र हुँदैछ भनेर भन्यौैं । त्यसपछि हामीलाई उत्तेजित पार्ने र नेपाली जनताको आकाङ्क्षामाथि कुठराघाट गर्ने षड्यन्त्र जारीनै रह्यो । हामीले सदनभित्र र बाहिर जनताको बीचमा भनिराख्यौं हामी माओवादीहरु नेपाली जनताले बहुमत प्राप्त पार्टीको रुपमा जिम्मेवारी दिएकोले हामी जिम्मेवार भएकोले भन्यौं हामी यो देशका प्रतिक्रान्तिकारी दलाल नोकरशाहले भनेकोजस्तो लडाईं लड्दैनौं नयाँ ढङ्गले लड्छौं । हामीले भन्यौं जब जनताले हामीलाई यो शान्ति संविधान र नयाँ नेपालको नेतृत्व गर्ने जिम्मेवारी दिइएकोले हामी भाग्दैनौं भाग्नैपर्छ भने हामी होइन ती प्रतिक्रान्तिकारीहरु भाग्नुपर्छ ।
हामीले नयाँ ढङ्गको लडाईं लड्न चाह्यौं र नयाँ ढङ्गको कार्यक्रम बनायौं । हामीले बनाएको घेराउ र बहिस्कारको कार्यक्रम उनीहरुले चाहेकोभन्दा नितान्त वेग्लै रुपमा सम्पन्न गर् यौं । देशभर घेराउलगायतका कार्यक्रमले यो सरकारलाई जनताले हृदयदेखि कति घृणा गर्छन् भन्ने कुरा देखाइसको छ । मेचीदेखि महाकालीसम्म तराईदेखि हिमालसम्म जताततै यो सरकारप्रति जनताको हृदयमा अपार घृणा छ । यो मजाक नौटङ्की जुन देखाइँदै छ यो नेपाली जनतालाई रत्तिभर सैह्य छैन । एकछीन पनि जनता सहन तयार छैन ।
हामीले पहिलो चरणमो यो कुरा सावित गर् यौं । दोस्रो चरणको यो आन्दोलन जनताको संयुक्त एकीकृत आन्दोलनको रुपमा अगाडि आउनुपर्छ भन्यौं । मलाई अहिले तपाईहरुको अगाडि उभिएर केही कुरा भन्दैगर्दा गर्वको महसुस भएको छ । साँच्चै यो आन्दोलन अहिले हामीले १५ गतेदेखि २७ गतेसम्मको घटनाक्रम हेर् यौं भने यो आन्दोलन नयाँ भएको छ । मैले अहिले भर्खरै के सुनें भने काँग्रेस र एमालेका एकथरि नेताहरु दिउँसो बसेर माओवादीले बर्बादै पार् यो जनता पनि विशाल उतार् यो । नाचगान पनि गर् यो बाजागाजा पनि भयो नाराबाजी पनि भयो यो अर्कै आन्दोलन भयो । यसमा कविहरु आए कविता पढे । कलाकारहरु आए कलाको प्रदर्शन गरे । साँस्कृतिक झुकिहरु आए प्रदर्शन गरे । योद्धाहरु आए अनुभवको प्रदर्शन गरे । मुठ्ठी उठाए नाराबाजी गरे । यो आन्दोलन साँच्चै नयाँ खालको आन्दोलन भयो भन्दै उनीहरुको साटो गयो रे ! अब त माओवादीलाई आरोप लगाउने ठाउँ नै पाइएन भने रे ! हिजो मलाई कैयौं कुटनीतिज्ञहरुले बधाई दिए । यति विशाल लाखौं जनतालाई उतारेर पनि यति संयमित अनुशासित नाचगान गीत कविता सबै सबैसहितको आन्दोलन हामीले कहीं देखेनौं तपाईंलाई बधाई छ भनेर ।
हामीले के सिकेका छौं भने प्रतिकि्रयावादी झालीफटाहाहरुको विरुद्ध ुटिट फर ट्याटुनै गर्नुपर्दछ । उनीहरुले युद्ध खोजे हामी शान्तिको निम्ति लड्छौं । उनीहरु भनेजस्तै फटाहाको शान्ति हो त्यसको विरुद्ध पनि लड्छौं । त्यसकारण फटाहालाई जे चाहिन्छ त्यसैको विरुद्ध हामी लड्छौं । अहिले फटाहाहरुलाई युद्ध चाहिएको छ । माओवादी युद्धमा गइदिए फेरि मज्जाले लुटेर खान पाइन्थ्यो भन्ने तिनीहरुदलाई लागेको छ । हामीले तिनलाई छुट दिनेवाला छैनौं । त्यसकारण अहिले हामीले नितान्त नयाँ सकारात्मक ढङ्गले आन्दोलन गरिरहेका छौं । कतिपयले माओवादीले के लिएर आयो यो जनआन्दोलन हो कि जनक्रान्ति हो यो त सांस्कृतिक क्रान्ति हो के हो हो यो साँस्कृतिक क्रान्ति पनि हो । हिजो तपाई हामीले देख्यौं थुप्रै सिने कलाकारहरु आएर तपाई हाम्रो अगाडि लालसलाम भनेर राष्ट्रको निम्ति लड्न तयार छौं भने । यसले पनि के देखाउँछ भने यो साँच्चै नयाँ खालको आन्दोलन हो ।
अहिले िसंहदरबारमा बस्नेहरु जो नेपाली जनताको इच्छा नेपाली जनता संविधानसभा र अन्तरिम संविधानअनुसार बसेका छैनन् । तिनीहरु संविधान मिचेर नेपाली जनताको भावना र आकाङक्षालाई चिरेर मुटुमा झिर हानेर बसेका छन् । तिनीहरु रिमोट कन्ट्रोलद्वारा त्यहाँ बसेका छन् । आकाशवाणीबाट साचालित छन् । नेपाली जनताद्वारा होइनन् त्यसकारण हामी तिनले जे सोचेका छन् त्यसभन्दा विपरीत जान चाहन्छौं । हामीलाई यतिबेला नेपाली जनताको शान्तिको लडाइँ लड्नु छ । जसले युद्धद्वारा एउटा युगान्तकारी परिवर्तन गर् यो शान्तिको लागि पहल गर् यो त्यही राजनीतिक संस्थालाईमात्रै शान्तिप्रकि्रयालाई निष्कर्षमा पुर् याउने जिम्मेवारीको महसुस हुन्छ । नेपालमा एकीकृत नेकपा माओवादी जसले शान्तिको वातावरण क्रान्तिबाट पैदा गर् यो संविधानसभा क्रान्ति र वलिदानकै बीचबाट पैदा गर् यो जसलाई शान्ति र संविधानप्रति भित्रैदेखि माया छ । कतिपय मानिसहरु भन्ने गर्छन् हाम्रो आन्दोलनले संविधान बनाउने प्रकि्रयालाई ढिलो पार् यो । यसो भन्दा हामीलाई अनौठो लाज लाग्छ र हाँसो पनि उठ्छ यो के साँचो कुरा हो यो कदापि होइन । पटकपटक सङ्कटकाल लगाएर नेपाली जनतालाई गोलीले भुट्नेहरु शान्तिका पक्षपाती संविधानसभाको विरुद्ध लड्नेहरु शान्तिको पक्षपाती माओवादी जसले साँचो अर्थमा नेपालको राष्ट्रिय स्वाधीनता र नागरिक सर्वाेच्चताको निमित आवाज उठाउँदै आयो ऊ चािहं विरोधी यो दिनको घामजस्तै छर्लङ भइसकेको छ । नेपाली जनता बालबच्चा र सबैले बुझिसकेका छन् ।
अहिले संविधानसभा विघटन गर्ने षड्यन्त्र हुँदैछ । संविधानसभा विघटन गर्न काँग्रेसले प्रस्ताव राखेको एमालेका नेताले बाहिरै भन्नुभयो । हामीलाई थाहा छ यो कुरा मैले प्रधानमन्त्रीबाट राजीनामा िदंदा राजीनामा दिइसकेपछि अन्तिम रुपमा संविधानसभामा बोल्दाखेरि पनि मैले भनेको थिएँ । अहिले परिस्थिति बनाईंदैछ नागरिक सर्वाेच्च राष्ट्रिय स्वाधीनताविरुद्ध यो अन्ततः यसभित्र संविधानसभा विघटन गर्ने षड्यन्त्र निहित छ । ऐतिहासिक शान्तिप्रकि्रयालाई बिथोल्ने र फेरि गृहयुद्ध मच्चाएर अर्बाै सम्पत्ति लुट्ने मुठ्ठीभर नोकरशाह सामन्त दलालहरुको षड्यन्त्र यसभित्र छ । अहिले घटनाक्रमको पाँच छ महिना आइपुग्दा प्रमाणित भइसकेको छ । अहिले नेपाली काँग्रेस र एमालेको घोर दक्षिणपन्थी नेताहरु संविधान नबने पनि नबनोस् भन्दैछन् । शान्तिप्रकि्रया सफल नहोस् भन्दैछन् । त्यसकारण उनीहरुको सहमति बनाउने कुनै तत्परता छैन । उनीहरुको तत्परता भनेको संविधानसभा विघटन गर्ने छ । उनीहरु के भन्छन् भने यो संविधानसभाबाट नयाँ संविधान बन्यो भने महिला दलित आदिवासी जनजाति मधेसी सम्पूर्ण किसान मजदुरको पक्षमा बन्छ । सामन्त दलाल नोकरशाहको पक्षमा यो संविधानसभाबाट संविधान बन्दैन । ठीक त्यसकारण यो देशका सबै सामन्त दलाल नोकरशाहहरु मुठ्ठीभर हिजोदेखि राज गरेका लुटेराहरुले संविधानसभा विघटन गर्न चाहेका छन् । कतिपयले कहिलेकाहीं भन्छन् माओवाीको यो आन्दोलनले झन् संविधान बनाउने कुरालाई बिथोलेको हो कि । म के स्पष्ट गर्न चाहन्छु भने यो लडाई हामीले अहिले जितेनौं भने संविधानसभा विघटन हुनेवाला छ ।
संविधानसभाको रक्षा र शान्तिको लागि यो लडाइँ हामीले जित्नैपर्छ । हाम्रो यो आन्दोलन तबसम्म रोिकंदैन जबसम्म नागरिक सर्वाेच्चताको हत्या गर्ने राष्ट्रपतिको असंवैधानिक कदम सच्चिंदैन । हाम्रो पार्टी कुनै पनि हालतमा यो विषयमा सम्झौता गर्नेछैन । यो राष्ट्रपतिको कदम हामीले धेरैपटक भनेका छौं विगतमा ज्ञानेन्द्र शाहलाई बिन्तीपत्र हालेर प्रधानमन्त्री बनेजस्तै अहिले राष्ट्रपतिलाई राजा बनाएर प्रधानमन्त्री बन्ने जो नौटंकी प्रदर्शन भएको छ । यसलाई धाराशायी नपारेसम्म यो आन्दोलन रोकिने छैन । अहिले िसंहदरबारमा बस्ने र संविधानसभा विघटन गर्ने सपना देख्ने र माओवादीलाई दबाउने सपना देख्नेहरु हामी गम्भीरताका साथ र पूर्ण जिम्मेवारीका साथ भन्न चाहन्छौं । अझै पनि समय छ तिमीहरुले बुझ्ने कोसिस गर । जतिबेला म प्रधानमन्त्री थिएँ र मैले सेना समायोजनसम्बन्धी विशेष समितिको बैठकमा पटकपटक भन्ने गरेको थिएँ । सेनालाई नागरिक सरकारको मातहतमा ल्याइनुपर्छ । हामीले ०१७ ०३६ ०३७ ०४६ सालबाट शिक्षा लिनसक्नुपर्छ । १० वर्षको जनयुद्ध र १९ दिने आन्दोलनको शिक्षालाई हामीले बिस्रनु हुँदैन । त्यसकारण हामीले परिर्वतन र लोकतन्त्र प्रकि्रयालाई सुदृढीकरण गर्नका लागि सेनालाई लोकतन्त्रीकरण गर्न जरुरी छ । हामीले सेनाको बलमा सत्तामा आउने सपना देख्यो भने त्यसले नेपाली जनताको चाहना र सहिदको चाहनामाथि ठूलो गद्दारी बाहेक केही हुने छैन भनेको थिएँ । तर बिडम्बना अहिले िसंहदबारभित्र बसेका साथीहरु जनताले पुर् याएको जस्तो भ्रम छरिरहेका छन् । यद्यपि नेपाली जनतालाई राम्रोसँग थाहा छ । तिनीहरुले त्यहाँ कसले पुर् याएको हो । उनीहरु त्यहाँ जानु नेपाली जनताको बेइज्जति अपमान सहिदको रगतको अपमानको र अपमान बाहेक केही पनि होइन । उनीहरु त्यहाँ बस्नु नेपालको परिवर्तनको ऐतिहासिक प्रकि्रयालाई उल्टो दिशातर्पु घुमाउने षड्यन्त्रबाहेक केही पनि होइन । यो कुरा हामीलाई राम्रोसँग थाहा छ । म नौ महिने प्रधानमन्त्री हुँदा यो कुरा राम्रोसँग बुझे कि यी पुराना पार्टीहरु पुराना नेताहरु सरकार बनाउने र भड्काउने खेल कसरी चल्दोरहेछ र अहिले पनि यो खेल कहाँबाट चलिरहेको छ ।
हामीले भन्यौं नागरिक सर्वाेच्चता र राष्ट्रिय स्वाधीनताको विषय धेरै गम्भीर छ । सम्पूर्ण नेपाली जनताको आत्मनिर्णयको अधिकारको हत्या भएको छ । त्यसकारण हामीलाई राष्ट्रिय स्वाधीनता चाहिएको छ । यो लडाइँ राष्ट्रिय स्वाधीनताको लडाइँ हो । हामीले यो लडाइँ जित्नैपर्छ । यसपाली यो लडाइँ जितिएन भने नेपाल धेरै ठूलो दुर्घटनामा पर्नेछ । हामीले नागरिक सर्वोच्चता भन्यौं नागरिक सर्वोच्चता भन्दा कतिपयले बडो सङ्कीर्णतामा बुझने गरे । मानौं त्यो माओवादीले बुझेका छैनन् सङ्कटकाल लगाउनेहरुले बुझेका छन् । नेपाली जनतामाथि दमन अत्याचार गर्नेहरुले बुझेका छन् नागरिक सर्वोच्चता भनेको जस्तो गरेर प्रचार गरिएको छ । हामी के भन्छौं भने नागरिक सर्वोच्चता भनेको नेपालमा सामन्तवाद विदेशी प्रतिकि्रयावादद्वारा सयौं वर्षदेखि शोषण उत्पीडनमा परेका नेपाली जनताको अधिकार स्थापित गर्नु हो । त्यसकारण सावधान महिला दिदीबहिनीहरु तपाईंहरु अहिले जाग्नुभएन भने फेरी सामन्ती शोषण र उत्पीडनको जाजालमा पस्ने खतरा छ । सावधान दलित जनसमुदायहरु हामी एकचोटी एकजुट हुन सकेनौं भने यी यथास्थितिवादी र प्रतिगमनकारीहरुले फेरी दलितहरुलाई पहिलेजस्तै शोषण दमन र उत्पीडनको भेदभावको जाँतोमा पिस्ने छन् । सम्पूर्ण आदिवासी जनजातिहरु सावधान किनकी हामी सङ्घीय गणतन्त्र नेपालको पक्षमा लड्यौं हामीले सङ्घीयतामार्फत राष्ट्रिय एकतालाई मजबुत बनाउन चाहेका छौं । हामीले यो देशलाई बलियो बनाउने हो भने हामीले यो देशका उत्पीपिडत जनजातिलाई अधिकार सम्पन्न बनाउनै पर्छ भन्यौं । अधिकार सम्पन्न जनतालेमात्रै राष्ट्रलाई बचाउन सक्छन् हामीले भन्यौं । अहिले सङ्घीयताको विरुद्ध षड्यन्त्र भइरहेको छ त्यसकारण सावधान आदिवासी जनजाति सम्पूर्ण जनसमुदायहरु सबै मधेसी मुश्लिम तराई हिमालदेखि सबैसबैका जनसमुदायहारु यतिबेला जो लडाईं सुरु भएको छ राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताको यो लडाईं हामीले जित्नु छ । हामीले जित्नै पर्छ । त्यसकारण कोही भ्रममा नपसौं माओवादीले नागरिक सर्वोच्चताका कायम नहुँदै यो आन्दोलन बिचैमा छोड्छ भन्ने भ्रम छ भने त्यो भ्रम हटाइदिऔं । कुनै पनि हालतमा नागरिक सर्वोच्चतामा संझौता हुने छैन । राष्ट्रिय स्वाधिनता नेपाली जनताको राष्ट्रिय एकता आन्तरिक राष्ट्रिय एकता र बाह्य रुपमा हुने हस्तक्षेप र दबाबबाट नेपाल राष्ट्रलाई साँच्चै मुक्त गर्ने स्वाभिमान नेपाल निर्माण नहुँदासम्म संझौता गरिने छैन ।
यदि हाम्रो पार्टीले संझौता गथ्र्यो भने मैले सरकारको नेतृत्व छोड्न जरुरी पनि थिएन । संझौता गर्न नचाहेकै कारणले राष्ट्रको पक्षमा नेपाली जनताको पक्षमा संझौता गर्न नचाहेकै कारणले हामी तपाईंहरुको अगाडि आयौं । त्यसकारण हामी यी आधारभूत पक्षमा संझौता गर्ने पक्षमा छैनौं । हामी सम्पूर्ण नेपाली जनताको पक्षमा जातजाति भाषाभाषी जुनसुकै क्षेत्रको समुदाय भए पनि हामी नेपाली हौं । हामीलाई नेपाल राष्ट्रको हित सर्वोपरी छ । हामीलाई नेपाल राष्ट्रको हितलाई कम्जोर पार्ने गरी सत्ताको कुसर्ीको पटक्कै लोभ छैन । नेपालको राष्ट्रिय स्वतन्त्रता राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकतालाई कम्जोर पार्ने गरी हमी कसैसँग कुनै खाले संझौता गर्न सक्दैनौं । हाम्रो लागि नेपाल राष्ट्रको स्वतन्त्रता स्वाभिमान सर्वोपरी छ । त्यसकारण राष्ट्रिय स्वाधिनताकेा कुरा गरेका छौं । हामी नेपाली जनताको अधिकार नेपाल राष्ट्रको हितलाई सर्वोपरी राख्नै भन्दै आएका छौं । त्यसको अर्थ हामी कुनै देशको विरुद्धमा लड्छौं भन्ने होईन । हामी हाम्रो छिमेकीहरुसँग राम्रो सम्बन्ध चाहान्छौं । चीन भारतसँग समदुरीको सम्बन्धमा हामी अगाडि बढ्न चाहान्छौं । तर हामी इतिहासमा भएका असमान सन्धीसंझौताको खारेजी चाहान्छौं । इतिहासका असामान सन्धीसंझौता रहँदासम्म नेपाल राष्ट्र स्वतन्त्र रहन सक्दैन । त्यसकारण हामी इतिहासको मूल्याङ्कन र समीक्षा चाहान्छौं । अहिलेको २१ औं शताब्दीका नेपाली जनताको नयाँ चेतनाअनुसारको नयाँ सहमति सन्धी र संझौता चाहान्छौं । राणा शासनको पारिवारिक सन्धी संझौता राजतन्त्र बेलाका सन्धी संझौता हामीलाई मान्य छैनन् । हामीलाई नेपाली जनता स्वतन्त्र भएपछि नेपाली जनताका स्वतन्त्र भएपछि गणतन्त्र आएपछिको सन्धी संझौता चाहान्छौं । हामी ती नयाँ सन्धी संझौतामार्फत नेपाल राष्ट्रलाई साँचो अर्थमा स्वाधिन र गौरवाम्बित तुल्याउन चाहान्छौं । हामी कसैसँग घुँडा टेकेर नेपालको राम्रो भलो हुन्छ भन्ने ठान्दैनौं । नेपालमा अहिले नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनता भन्नुको तात्पर्य यही स्वाधिनतालाई स्थापित बनाउनु हो ।
अहिले हाम्रो जुन शान्तिपूर्ण ऐतिहासिक आन्दोलन भयो यसले प्रतिक्रान्तिकारीहरुको साटो गइसकेको छ । अझ साटो जाओस तर यो हाम्रो आन्दोलन राकिने छैन । शान्ति प्रकृया भाँड्ने संविधानसभा विघटन गर्नेहरुका विरुद्ध सङ्घर्षका जुनसुकै तहसम्म जान तयार छौं तर तीनिहरुसँग यो ऐतिहासिक मुद्दामा कुनै संझौता गर्ने छैनौं । मैले हिजो एकजनासँग भने नेपाली जनताले बनाएको प्रधानमन्त्री भए नेपाल राष्ट्रले चाहको प्रधानमन्त्री र सरकार भए यति ठूलो जनताको सागर देखिसकेपछि देशै भरी जनतामा यति ठूलो उभार देखेपछि उनीहरुले जनताको अगाडि आएर ल जनता हो मैले राजिनामा दिए भन्थें । तर नेपाली जनताले नबनाएकाहरु त रिमोर्ट उताबाट नथिचेसम्म या नेपाली जनताले नगलहत्याएसम्म छोड्नेवाला छैनन् ।
हामी यो शान्तिप्रकृया सफल होस् । संविधान निर्माण होस् । अझै पनि त्यसको पक्षमा सबै पार्टीसँग सहमति होस् भन्न चाहान्छौं र हामीले यो दोस्रो चरणको आन्दोलन साँस्कृतिक आन्दोलनको रुपमा नयाँ खाले जनआन्दोलनको रुपमा माओवादीको अपार समर्थनमा सिद्ध गरेर समापन गर्दैछौं । यो ऐतिहासिक र भव्य रुपमा विश्वव्यापी सन्देश दिइसको छ । हामी यो समापन समारोहमार्फत नेपालका राजनीतिक पार्टीहरुलाई फेरी एकचोटी के भन्न चाहान्छौं भने फेरी एकचोटी इतिहासबाट शिक्षा लिनुहोस् नेपाली जनताको भावनालाई बुझ्ने प्रयास गर्नुहोस् यदि त्यसो हँदैन भने हाम्रो त्यस्रो चरणको आन्दोलन हुन्छ । त्यो यो भन्दा आक्रामक व्यापक र अझ नयाँ खाले हुनेछ । हामीलाई विश्वास छ त्यो आन्दोलनले उनीहरुको यो धृष्टता र दुष्टतालाई सम्पूर्ण रुपले समाप्त पार्नेछ ।
त्यसकारण अन्तिममा आउने मङ्सिर पाँच गतेसम्मको अल्टिमेटम म यहाँ हाम्रो पार्टी केन्द्रको तर्फबाट घोषणा गर्न चाहान्छु । मङ्सिर पाँच गतेसम्म नागरिक सर्वोच्चता स्थापना गर्ने कुरामा सरकार साचालन गर्ने पार्टी र मन्त्रीहरुले ध्यान दिएनन् भने मङ्सिर पाँचपछि अर्को नयाँ राजनीतिक आन्दोलन सुरु हुनेछ । अर्को नयाँ अभियान सुरु हुने छ । त्यो िसंहदबारमा मात्रै होइन देशव्यापी जिल्ला जिल्लामा हुने छ त्यो अर्को नयाँ उचाईंमा हुने आन्दोलनलाई कसैले रोक्न सक्दैन ।