July 30, 2009

फोहर उठाउने विषयमा आज पनि वार्ता हुने


ओखरपौवा ल्याण्डफिल्डसाईडका स्थानिय बासिन्दाको अबरोधका कारण एकसातादेखि राजधानीमा थुपि्रएकॊ फोहर उठाउने विषयमा आज पनि संघर्ष समिति र सरकार विच वार्ता हुने भएको छ । हिजोभएको बार्ता निष्कर्ष मा पुग्न नसकेपछि आज पनि बार्ता हुन लागेको हो । बार्ता विहान बिहान साढे १० बजे पछि स्थानीय विकास मन्त्रालयमा वार्ता हुने छ । ओखरपौवा ल्याण्डफिल्डसाईडका स्थानिय बासिन्दाले विभिन्न माग राखि एकसाता देखि काठमाडौं फोहोर फाल्न नदिएपछि यहाँ फोहोर उठ्न सकेकेा छैन । जसका कारण महामारकिो त्रास बढेको छ ।

July 5, 2009

रोल्पाको लिवाङ जाँदा

Chandra Prasad Neupane

nepalipoetchandra@gmail.com

शरीर स्वस्थ भए र खर्चपर्चको खाँचो नभए यात्रा गर्न सकिन्छ । यात्रा गर्नु भनेको नयाँ ठाउँ त्यहाँको रहनसहन र वातावरणबारे जान्नु हो । सके विश्व घुम्नु नसके आफ्नो देशचाहिँ घुम्नु नै पर्दछ भन्ने मनमा लाग्यो र मैले आफ्नो देशको हरेक जिल्लाको सदरमुकाममाचाहिँ पुग्ने लक्ष्य राखेँ र रोल्पा जिल्लाको लिवाङ यात्राको तय गरेँ । दिनेश अधिकारीले भने- अंकल रोल्पा घुम्न आउने होइन मैले हुन्छ भनेँ । रोल्पाबाट शुरु गरेको र त्यहीँबाट नेतृत्व गरेको २०५२ देखि २०६२ सम्म नेपालभूमिमा चलेको जनयुद्धले देशलाई तहसनहस बनाएको थियो । देशलाई शान्तितर्फ लैजान पुनर्निर्माण गर्ने भनी सरकारले देशका केही गाउँलाई नमूनावस्ती बनाउने उद्देश्यले नयाँ कार्यक्रम गाउँगाउँमा पुर् याउँदै थियो । जसमा रोल्पा जिल्ला विशेष सूचीमा परेको थियो । यसै क्रममा दिनेशजी रोल्पाको जेलवाङमा नमूनावस्ती बनाउने काममा खटिएका थिए । उनी इन्जिनियर हुन् । उनले मलाई लिवाङको यात्रामा आपुूले सहयोग गर्ने बताए र म उनीसाथै लिवाङसम्म पुगेँ । हामी २०६६ असार १२ गते विहान ६ बजे काठमाडौँबाट हिँड्यौँ । धेरै दिनयता पानी नपरेकाले गाडीले धूलो उडाइरहेको थियो । असारको दोस्रो हप्ता बितिसक्दा पनि पानी नपरेकाले बाटोमा बुङबुङ्ती छारो उडेको र बालीबिरुवा डडेर सखाप भएका थिए । गाडी दिनको ४ः३० बजे दाङ जिल्लाको भालुवाङ पुग्यो र पूर्वपश्चिमको राजमार्ग छाडेर उत्तरतर्फको कच्ची बाटोतर्फ मोडियो । दाङ जिल्लाको एक छेउबाट राप्ती नदीको किनारैकिनार बेसीटार र जङ्गलैजङ्गलले ढाकेको सुन्दर प्राकृतिक दृश्यलाई चुम्दैचुम्दै गाडी प्युठानको बट्डाँडा पुग्यो । बट्डाँडा सुन्दर थियो । भालुवाङदेखि उत्तर अर्घाखाँची र प्युठानको बीच किनारैकिनारको प्रचण्ड गर्मीसंग जुध्दैजुध्दै हामी बट्डाँडा हुँदै भिङ्गृतर्फ लाग्यौँ । भिङ्गृ नपुग्दै प्युठानको सदरमुकाम खलङ्गा जाने माडी खोलाको चकचके पुलनेर पुगेपछि हामी आाेर्लियौँ । हामी चढेको गाडी खलङ्गातर्फ मोडियो र चकचकेबाट एउटा भ्यानमा चढेर त्यो दिन भिङ्गृसम्म पुगेर बास बस्यौँ । भिङ्गृ स्वर्गद्वारीको पुच्छर हो । माडी खोलाको किनारमा अवस्थित भिङ्गृ टारबाट करिब तीन घण्टाको उकालो चढेपछि स्वर्गद्वारी पुगिँदो रहेछ । बाटोमा पाकेका चिउरी टिपेर खाँदै पसिनाले खलखल भिज्दै हामी करिब तीन घण्टाको उकालो चढेर स्वर्गद्वारी पुग्यौँ । बाटोमा भेटिएका मृग घोरल र रङ्गीचङ्गी चराहरुसंग जिस्कँदै जिस्कँदै जाँदा उकालो चढेको पत्तै पाइएन । स्वर्गद्वारी पहाडी भू-भागमा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । हिन्दु धर्मप्रति आस्था राख्ने तीर्थयात्रीहरुको त्यहाँ घुइँचो लागेको पाइयो । प्राकृतिक दृश्यको मनोरम छटालाई चुम्नेहरुको पनि त्यतिकै घुइँचो लागेको देखिन्थ्यो । मनकामनामा जान केबुलकार राखेजस्तै भिङ्गृ देवीस्थानबाट स्वर्गद्वारीसम्म केबुलकार राख्नसके त्यो ठाउँ एउटा राम्रो पर्यटकीय स्थल बन्नसक्ने देखियो । प्रशस्त देशी-विदेशीको आवतजावत भइरहने स्वर्गद्वारी र त्यस आसपासका प्रायः जनता गरिबी अवस्थामै देखिन्थे । कम्युनिष्टहरुको भूमि भनेर चिनिने प्युठानको झिमि्रङ खोलाले भने राष्ट्रियस्तरका केही व्यक्ति व्यक्तित्वहरु जन्माइसकेको रहेछ तर त्यहाँका खोलापाखाले आजसम्म मुक्ति पाएको अनुभवचाहिँ भएन । मोहनविक्रम िसंह मोहन वैद्य ुकिरणु लीलामणि पोखरेल वामदेव गौतम आदि जस्ता कम्युनिष्ट नेता जन्माएको प्युठानमा टेक्दा उही काठमाडौँको सुखसयलमै नेता भुल्दारहेछन् जस्तो लाग्यो । त्यहाँको सामाजिक स्थिति विकासको गति उस्तै थियो जस्तो अन्य विकट ठाउँहरुमा छ । जनता सन्तुष्ट थिएनन् । दिनेशजी र म यस्तै कुरा गर्दै उकालो सक्यौँ । प्युठानको स्वर्गद्वारीबाट रोल्पाको जलजला र गुल्मीको रेसुङ्गाको चुली लहरै देखिँदा रहेछन् । भनिन्थ्यो- यी तीन चुली तीन दिदीबहिनी हुन् । स्वर्गद्वारी समुद्री सतहबाट करिब २१२१ मि। को उचाइमा अवस्थित छ । लेकाली प्रदेशमा अवस्थित स्वर्गद्वारी मनमोहक ठाउँ हो । हिन्दुहरुको पवित्र तीर्थस्थलको रुपमा मानिँदै आएको उक्त स्वर्गद्वारीमा नेपालीहरुभन्दा हिन्दु-भारतीहरुको प्रवेश आस्था अत्याधिक देखिन्थ्यो । स्वर्गद्वारीदेखि माडीखोलासम्म सुरुङ छ भनिन्थ्यो तर हामीले देख्न पाएनौँ कारण द्वन्द्वकालमा त्यहाँ नेपाली सेनाले आफ्नो अड्डा जमाएपछि सुरुङलाई कब्जामा ल्याएको रहेछ । सुरुङमा छिरेपछि स्वर्ग पुगिन्छ भन्ने भनाइ त्यहाँको पुजारी र केही स्थानीयवासीहरुको थियो । सुरुङभित्र प्रवेश गर्दा अ_िक्सजनको कमीले केही भारतीय तीर्थालुहरुको ज्यान गुमेकाले उक्त सुरुङलाई सेनाले बन्द गरिदिएको रहेछ । आहा ! लेकाली हावापानी स्वस्थ वातावरण आनन्दानुभूति भयो । हामी त्यहाँ करिब एक घण्टा जति बस्यौँ । मन्दिरको वरिपरि घुम्यौँ । पाठपूजामा पनि सम्मिलित भयौँ र पुजारीसित केही जानकारी लियौँ । वरिपरि लेखिएका शिलालेख र विभिन्न अभिलेखको पनि अध्ययन गर् यौँ र उकालो जाँदा करिब तीन घण्टा लागेको बाटो डेड घण्टामै ओर्लियौँ । उक्लँदा पसिनाले भिजेको कपडा सुकेकै थिएन । बेसी टारको किनारामा अवस्थित भिङ्गृबाट १३ गते दिउँसो हामी रोल्पाको लिवाङ जाने गाडीमा चढ्यौँ । हामी केही बेरपछि माडी खोलाको किनारैकिनार उत्तरतर्फको किमीचौर दोभानमा पुग्यौँ । माडी र लुङ्ग्री खोलाको दोभान किमीचौरमा रोल्पा प्रवेशको स्वागतद्वार रहेछ । सो द्वारा रोल्पालीले सहिदका नाममा बनाएका रहेछन् । रोल्पा जिल्ला जनयुद्धको केन्द्रीयभूमि हो र कम्युनिष्टहरुको उद्गमस्थल पनि हो । जनयुद्धमा सो जिल्लाका ८२५ जनाले वलिदान दिएका रहेछन् । स्वागतद्वारबाट केही अगाडि बढेपछि रोल्पाबेसीटार हुँदै सुलीचौर बजार पुगियो । सुलीचौर बजार व्यवस्थापनमा राम्रो थियो । सुलीचौर रुकुमेलीहरुको पनि बजार रहेछ । सुलीचौरबाट उकालिएको गाडी खुमेलको सातदोबाटोसम्म उक्लियो । सातदोबाटोको उचाइमा पुग्दा शरीरले शीतलताको अनुभव गर् यो । गर्मीको महसुस भएन । सातदोबाटोमा रहेका तीनथुम्की अत्यन्तै मनोरम लाग्यो । गोलाकार ती तीन थुम्कीहरु नेपाली सेनाको कब्जामा थियो । द्वन्द्वकाल रोल्पा जिल्ला माओवादीको मुख्य आधारस्थल भए पनि यो सातदोबाटोचाहिँ नेपाली सेनाकै कब्जामा रहेछ । हवाइ आक्रमण बाहेक कुनै पनि स्थल आक्रमणबाट यो ठाउँ कब्जामा लिने स्थिति छैन भन्ने कुरा त्यहाँका लडाकुले बताए । रोल्पा आफ्नो अस्तित्वमा छ भन्ने प्रमाण तिनै तीन थुम्की कब्जाबाट तात्कालीन राज्य सत्ताले गर्व गरेको रहेछ । त्यो स्वर्गजस्तो ठाउँ । हामी रमायौँ एकैछिन । कति खुसी लाग्यो । सदरमुकाम राख्नुपर्ने ठाउँ रहेछ त्यो । त्यहाँबाट सदरमुकामको दृश्य प्रष्ट देखिन्थ्यो । सातदोबाटोमा टेलिकमको र रेडियो जलजलाको टावर राखिएको रहेछ । हामीले त्यहाँ निम्की र अचार किनेर खायौँ । ज्यादै मीठो लाग्यो अनि सस्तो पनि । पानी खाँदा शरीरै शीतल बन्यो । गर्मीको कुनै अनुभवै भएन । सातदोबाटोबाट धेरै घुम्तीहरु पार गर्दै गाडी सदरमुकाम लिवाङतर्फ झर् यो । सातदोबाटोबाट झर्दा देखिने लिवाङको मनोरम दृश्यले आँखालाई मोहनी लाइरहेझैँ लाग्दथ्यो । हामी बेलुकी लिवाङ बजार पुग्यौँ । लिवाङ बजार सुन्दर छ । न बेसी न लेक । जाडो र गर्मीको सन्तुलन भएको लिवाङ बजार रोल्पा जिल्लाको सदरमुकाम हो । सदरमुकाम जानआउन ज्यादै कठिन रहेछ । नेपाली नागरिकता प्रमाणपत्र बनाउन विकट विकट गाउँबाट सदरमुकाम आइपुग्न एक हप्तासम्म लाग्ने रहेछ । नेकपा माओवादीको आधार इलाकाका रुपमा परिचित रोल्पा जिल्ला अत्यन्त विकटका कारण कम्युनिष्टको संगठनमा विस्तार हुन पुगेको देखियो । जिल्लाको थवाङ गाउँ एउटा ऐतिहासिक ठाउँ रहेछ । जलजला धुरीको फेदीमा अवस्थित थवाङ गाउँ २०१३ सालमा सर्वप्रथम कम्युनिष्ट पार्टीको स्थापना गराउन सफल भएको देखिन्छ । २०१५ सालको संसदीय चुनावमा यहाँको सम्पूर्ण भोट कम्युनिष्ट पार्टीलाई खसेको रहेछ । त्यस्तै २०३६ को सम्पूर्ण मत बहुदललाई र २०३८ सालको राष्ट्रिय पाचायतको चुनावमा सम्पूर्ण भोट बहिष्कार भएको पाइयो । बहिस्कार गरेकै कारण जलजला आशपाशका गाउँमा २०३८ कार्तिक ५ गते सरकारले सैनिक अपरेसन गरेको रहेछ । जनयुद्धताका यही ठाउँमा सरकारले प्रशस्तै सामुहिक हत्या आगजनी जस्ता अभद्र कि्रयाकलाप गरेको रहेछ । यही जलजला पहाड र रुकुमको सिस्ने हिमाललाई प्रतिविम्बित गराएर २०५२ तिर नेकपा मओवादीले ुसिज मितेरी अभियानु चलाएको थियो । जनयुद्ध र रुपान्तरणको हिसाबले नेपाली राजनीतिको मुहान रोल्पा बनेको छ र त्यही रोल्पाको पहिचान हो जलजला । समुद्री सतहबाट ३१९३ मि। को उचाइमा रहेको जलजला धार्मिक राजनैतिक तथा पर्यटकीय दृष्टिले हेर्न र घुम्न लायक छ । जलजला आशपाशको जनमत ऐक्यमत्तता र सामुहिक भावनामा रहेको पाइयो । गरिबीका कारण त्यहाँको आर्थिकस्तरचाहिँ माथि उठ्न सकेको रहेनछ । प्रचण्डलाई नेतृत्वमा पुर् याउने थवाङलाई मैले आत्मैदेखि नमस्कार गरेँ । प्राकृतिक हिसाबले रोल्पालाई चिनाउने मुख्य ठाउँ जलजला हो र कम्युनिष्टहरुको राष्ट्रिय राजनीतिलाई चिनाउने मुख्य ठाउँचाहिँ थवाङ हो । राजनीति चेतनाले अग्रस्थानमा रहेको थवाङले जनयुद्धको कमाण्ड गरेको थियो । यसको मुख्य कारण त्यहाँको गरिबी रहेछ । त्यो समाज व्यक्ति स्वार्थबाट माथि उठेको रहेछ । त्यहाँका कमरेड चूडामणि ओली ुआदर्शुले भने- यदि यहाँका जनता खानलाउन सम्पन्न र सुविधाभोगी भैदिएका भए माओवादीको युद्ध सम्पन्न हुन्थ्यो या हुन्नथ्यो म जान्दिनँ । लिवाङ बजारलाई व्यवस्थापन गर्नसके पहाडकी रानी भनेर चिनिने दार्जीलिङ्गकी बहिनी जस्तो देखिने थियो कि जलजला क्याम्पसका मधुसुदन पोखरेल र स्टाफसित १४ गते बिहान केही कुराकानी गरियो र चन्द्रयुग बृहत्तरकाव्य एक प्रति क्याम्पसलाई दिएँ मैले । स्थानीय विकास अधिकारी रमेश न्यौपाने डिभिजन कार्यालयका प्रमुख इन्जिनियर पदमलाल श्रेष्ठ उद्योग वाणिज्य संघ रोल्पाका कोषाध्यक्ष शिवप्रसाद आचार्य माओवादी कार्यकर्ता नेकपा एमालेका जिल्ला सचिव शन्तिराम ओली आदिले रोल्पा आएकोमा खुसी व्यक्त गरे । त्यस्तै जलजला एफ।एम।sा साहित्यिक वाटिककाका साचालक दामोदर सुवेदी ुदामु मसर्िपुूलुले रोल्पा आएकोमा खुसी व्यक्त गर्दै आधा घण्टाको साहित्यिक अन्तरवार्ता लिएर प्रशारण गरे । मगर जातिको बाहुल्यता रहेको रोल्पा जिल्ला अत्यन्तै विकट छ तापनि जनयुद्धको उद्घोष नेतृत्व र आधार इलाकाका रुपमा परिचित रहेको छ । खाम भाषा बोल्ने अधिकांश जनजातिहरु अझै पनि पिछडिएका नै देखिन्थे । वर्षमान पुन कृष्णबहादुर महरा जयपुरी घर्तीमगर आदि त्यहाँका चर्चित नेता रहेछन् । जलजला आशपाशका थवाङलगायतका केही गाउँहरुले रोल्पाको प्रत्येक गाउँमा कम्युनिष्ट आन्दोलनको विकास गरेर राष्ट्रिय नेतृत्व गरेकाले उक्त ठाउँ कम्युनिष्ट आन्दोलनका बारेमा जानकारी लिन चाहनेले पुग्नैपर्ने देखिन्छ । विश्वविद्यालयका शोधार्थी इतिहास लेखक अन्य जानकारी लिन चाहनेले थवाङलाई नटेके तिनका अनुसन्धान अधुरै रहने देखिन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चा परिचर्चा पाएको रोल्पा र जलजला आशपाशका गाउँहरु उदाहरणीय छन् । अहिले सरकार तत् तत् गाउँहरुलाई नमूनावस्ती बनाउने योजनामा छ । दिनेशजी तपाइँ देशको वास्तविक ठाउँमा पुगेर कर्ममा लाग्नु भाुछ र नमूनावस्ती बनाउँदै हुनुहुन्छ तपाइँलाई धन्यवाद ! भन्दै म १५ गते काठमाडौँ फर्किएँ । २०६६ साल असार १८ गते ।