May 27, 2015

भुकम्प पछिको मेरो गाउँ मेरो ठाउँ सिन्धुपाल्चोक ।

सर्वाधिकार श्रीधर न्यौपानेमा सुरक्षित ।
भुकम्प पछिको मेरो गाउँ मेरो ठाउँ सिन्धुपाल्चोक ।








May 16, 2015

भुकम्प बर्णमाला कस्तो भुकम्प ?


रचना : श्रीधर न्यौपाने । सम्पादन : नारद बास्तोला / सुशीला केशी

क  : कत्ति आको भुकम्प ।
ख : खत्तमै पार्ने भो भुकम्पले ।
ग : गरिबी ल्याउने भुकम्प ।
घ : घर भत्काउने भुकम्प ।
ङ : ङ्यार ङ्यारे भुकम्प
च : चरचरी मन र जमीन  चर्काउने भुकम्प ।
छ :  छलि छलि आउने भुकम्प ।
ज  : जगतै हल्लाउने, ज्यानमारा भुकम्प ।
झ :  झस्काईरहने झेली भुकम्प ।
ञ  :  ञ जस्तै घुमिफिरी आउने भुकम्प ।
ट : टहरा  र टेण्टमा पुर्याउने भुकम्प ।
ठ  : ठट्टा हैन भुकम्प ।
ड : डर मर्नुको भुकम्प ।
ढ  : ढुकढुकी बढाउने भुकम्प
ण  : ण जस्तै अप्ठेरो भुकम्प ।
त : तर्साउने भुकम्प ।
थ : थर्काउने र थकाउने भुकम्प ।
द : दया नभएको दौडाई रहने भुकम्प ।
ध :  धनी गरिब नभन्ने भुकम्प ।
न : नपत्याउँदोगरी आउँदो छ भुकम्प ।
पः पहिरो ल्याउने पापी भुकम्प ।
फ : फनफनी घुमाउने भुकम्प ।
ब : बहत्तरसाल बैशाख बाह्रगते बाह्रबजे बयासी बर्ष पछि आएको बारबाकबाट सुरु, बस्ती नै ध्वस्तपार्ने बदमास भुकम्प
भ : भत्काउने, भताभुङ्ग पार्ने भुकम्प ।
म : मन मथिंगल हल्लाउने भुकम्प ।
य :  यहिँ छ यहिँ छैन भुकम्प ।
र : रहस्यमयी भुकम्प ।
ल : लगलग कमाउने भुकम्प ।
व : वरिपरि नदेखिने भुकम्प ।
श :  शान्ति खलबल्याउने शनिवारे भुकम्प ।
ष : षड्यन्त्रकारी भुकम्प ।
स : सरकार हल्लाउने सिन्धुपाल्चोके भुकम्प ।
ह: हल्लाई रहने, हत्यारो भुकम्प
क्ष : क्षति पुर्याउने भुकम्प ।
त्र : त्रिपाल पनि नपाईने त्राहिमाम भुकम्प ।
ज्ञ : ज्ञातालाई पनि झुक्याउने भुकम्प ।

२०७२ जेठ २ गते शनिवार । काठमाडौं ।
@ सर्वाधिकार लेखक  श्रीधर न्यौपानेमा सुरक्षित । 
सर्वाधिकार श्रीधर न्यौपानेमा सुरक्षित ।

My house before earthquake 2072 Baisakh 12 ( 25 April 2015) in Sindhupalchok


My House after Earthquake in Sindhupalchok


And a temporary cottage as a new house in Sindhupalchok

May 4, 2015

२०७२ साल बैशाख १२ गते विहान ११ ५६ बजे आएको ७ दशमलब ६ रेक्टरस्केलको भुकम्प पछिको सिन्धुपाल्चोकका केही तस्वीर ।
तस्वीर सबै श्रीधर न्यौपाने । सर्वाधिकार श्रीधर न्यौपानेमा सुरक्षित ।