February 8, 2010

हजुरबा पुस्ता अब संझना मात्र ।

He left at mangsir
n He left today 8 jan


यो जीवन खै कस्तो कस्तो । दुख र खुसीको मिलन पनि भन्ने चलन छ । अनेकनले अनेकन परिभाषा गरेका छन् । मेरो आफ्नै परिभाषा होला । सायद समय र परिस्थिति अनुसार हुँदोहो ।



यो बर्ष निकै दुखद बर्ष बन्यो । यही बर्ष मैले घरका र मामाघरका दुबै हजुरबा गुमाउनुपर्यो। मंसिरमा पितका पिता अनि आज यो माघमा माताका पिता । यो दशैंमा दुबै जना हजुरबाको हातबाट निधारमा टिका थापेको अब याद मात्र बाँकि रहनपुग्यो । मृत्यु सत्य मध्येको एउटा भए र सबैले बरण गर्नुपर्ने भएपनि आफन्तको मृत्युले कता कता भित्रै सम्म दुखिरहँदो रहेछ । निको नहुने घाउ जस्तो । यी दुई सम्झना । अब संझनामेै सिमित हुने भए ।